भर्खरै एमाले अध्यक्ष ओली र उनकी पत्नी राधिकाको स्वास्थ्यवारे आयो यस्तो खबर, पत्रकार सम्मेलनवाट जानकारी गराइने



काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण भएको छ । ओलीलाई संक्रमण पुष्टि भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित् गरिएको छ ।

ओलीले आज एक वक्तव्य जारी गर्ने भएका छन् । त्यसमा आफूलाई संक्रमण पुष्टि भएकोबारे पनि जानकारी दिईने जनाईएको छ । पछिल्लो समय शीर्ष नेताहरु पनि धमाधम संक्रमित भएका छन् । केही समय पहिले नेकपा (माओवादी केन्द्र) का अध्यक्षलाई पनि संक्रमण भएको थियो । अहिले उनी संक्रमणमुक्त भएका छन्

प्रमुख प्रतिपक्षि दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ। संक्रमणको जोखिम उच्च हुँदै गएपछि आज दिउँसो १ बजे गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको जनाइएको छ । अध्यक्ष ओलीले वक्तव्यमार्फत पार्टीको धारणा सार्वजनिक गर्ने कार्यक्रम थियो ।

यो पनि, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको पदाधिकारी बैठक बस्दैछ । निर्वाचन आयोगले विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउन निर्देशन दिएपछि राप्रपाले पदाधिकारी बैठक बोलाएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आकस्मिक रुपमा बोलाइएको पदाधिकारी बैठकमा निर्वाचन आयोगको निर्देशन र अबको रणनीतिबारे छलफल हुने बताएका छन् ।

निर्वाचन आयोगले हिजो राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विधानबाट हिन्दुराष्ट्र तथा राजसंस्थासहितको प्रजातन्त्र भन्ने वाक्यांश हटाउन तथा गाई चिह्न परिवर्तन गर्न निर्देशन दिएको थियो । राप्रपाले संशोधित विधान तथा केन्द्रीय कार्यसमितिको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

आयोगले नेपालको संविधानको धारा दुई सय ६९ तथा राजनीतिक दल सम्बन्धी ऐन प्रतिकूल हुनेगरी विधानमा सनातन हिन्दु राष्ट्र एवम् राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश भएकाले त्यो हटाउन भनेको छ ।

यस्तै नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल, राष्ट्रिय रङ्ग, राष्ट्रिय जनावर, राष्ट्रिय पक्षी, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्बिर वा चिह्न दललाई प्रदान नगर्ने गएको वर्ष नै निर्णय भएको भन्दै राप्रपाको मध्य भागमा गाई चिह्न भएको भन्ने वाक्यांश पनि हटाउन आयोगले निर्देशन दिएको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्