विर्तामोडमा एकाविहानै भेटिएको बस्तु कुकर ब म, संगै भेटियो यस्तो पर्चा



काठमाडौ । आइतबार बिहान झापाको बिर्तामोडमा शंकास्पद वस्तु फेला परेपछि स्थानिय बासीन्दा डराए । बिर्तामोडको वातावरण एकाएक त्र सि त बन्यो। स्थानिय बासीन्दाले प्रहरीलाई खबर गरे । प्रहरी आएर अध्ययन गरेपछि नेपाली सेनाको टोली बोलाइयो ।

स्थानीयवासीले उक्त शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरीले सेनालाई खबर गरेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए । उनका अनुसार पश्चिम बस स्ट्याण्ड छेउ कुकरमा तार जोडेको ब म जस्तो वस्तु देखिएको थियो । सोही वस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको प्रहरीले जनाएको छ।

डिस्पोजल गरेपछि नेपाली सेनाले पनि त्यो के थियो भन्ने खुलाएको छ । सुरुमा उक्त वस्तु ‘होक्स’ अर्थात नक्कली ब म भनिएको भएपनि त्यो ब म नै भएको जनाएको छ । त्यसमा ब म बनाउन प्रयोग गरिने वि स्फो टक पदार्थलगायत सामान प्रयोग गरिएको पाइएको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाको चारआली ब्यारेकका गणपति अमरजंग थापाले उक्त शंकास्पद वस्तु कुकर ब म भएको बताए। ब मसँगै हिमाल सुरक्षा परिषद्को नामको पर्चा पनि भेटिएको प्रहरीले जनाएको छ। उक्त पर्चामा नेपाललाई हिन्दू राज्य कायम गरिनु पर्ने, संघीयता खारेज गरिनु पर्नेलगायत माग राखिएको बताइएको छ।

पछिल्लो समय राजसंस्था र हिन्दुराष्ट्रको मुद्दाप्रति प्रचण्ड र माधव नेपालले सबैभन्दा आ क्रो श पोखेका छन् । काँग्रेसभित्रका प्रभावशाली नेताहरु पनि यो मु द्दा विरुद्ध बोलिरहेका छन् ।

यही घटनाक्रम विकास हुँदा हिन्दुराष्ट्र र राजसंस्था पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एउटा पत्र निर्वाचन आयोगबाट गएको छ । यो पत्रमा उसको विधानमा हिन्दुराष्ट्र र राजसंस्था हटाउन भनिएको छ । यसलाई संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल भनिएको छ । आयोगले संविधान विपरितको कदम भनेपनि यसमा कुनै राजनीतिक उद्देश्य लुकेको देखिन्छ ।

विशेषगरी राजसंस्था र हिन्दुराष्ट्रको मु द्दा लाई उठ्नै नदिने गरी योजनावद्ध तरिकाले यसलाई चुनौती दिन खोजिएको विश्लेषण भइरहेको छ । तर, आयोगको यो कदमले राजसंस्था र हिन्दुराष्ट्रका पक्षधरप्रति उल्टै सहानुभूती बढ्ने अवस्था विकास भएको छ । हिन्दुराष्ट्र र राजसंस्था पक्षधरलाई सडकमा आउने परिस्थिति विकास हुनसक्ने भएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्