ओखलढुंगामा गुडिरहेको बोलेरो जीपलामा माथिबाट ढुंगा ख’स्दा ३ जनाको घटनाथलमै मृत्यु



ओखलढुंगा । ओखलढुंगामा गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुं’गाले कि’च्दा ३ जनाको घटनाथलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुं’गाले कि’च्दा ३५६९ नंबरको बोलेरोमा सवार ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १ का ७ वर्षिया युनिषा कोइराला, सोही ठाउँका १० वर्षिय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षिय हेमबहादुर मगर रहेको प्रहरी निरीक्षक लंक श्रेष्ठले जानकारी दिए । उनका अनुसार जीपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन् ।

घाइतेको अहिले ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठलाइ थप उपचारका लागि हेलिकोप्टर मार्फत राजधानी पठाउने तयारी भइरहेको छ । कोइरालाको अवस्था सामान्य रहेकाले जिल्लामै उपचार हुने जनाइएको छ ।

सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकाम तर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभरिमा डोजरले निकालेको ढुं’गा प’ल्टि’एर कि’च्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्