प्रचण्ड की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि , आईसीयूमा भर्ना गरेर उपचार जारी




काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिको छ ।

पारिवारिक स्रोतका अनुसार दाहाल तीन दिनदेखि अस्पतालमा भर्ना भएकी छन् । उनमा निमोनियासमेत देखिएको छ । ‘अहिले स्वास्थ्य स्थिर छ,’ पारिवारिक स्रोतले भन्यो । दाहाल पाकिन्सन्स्जस्तो जटिल रोग पीएसपी (प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी)बाट पीडित छन्।

दुई दिन अघि गरिएको पीसीआर परीक्षणमा उनको कारोना पोजेटिभ आएको बताइएको छ । हाल उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उता अध्यक्ष प्रचण्ड भने कोरोना मुक्त भइसकेको छन् ।

पार्किन्स जस्तो लक्षण देखिने उनको रोग अहिलेसम्म पत्तो लाग्न सकिरहेको छैन । उनको भारत तथा सिंगापुरमा पटक पटक उपचार गरिएको थियो । तर पनि उनी पूर्णरुपमा निको भइसकेकी छैनन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्