चर्चित गायिका लता मंगेशकर अझै आईसीयूमा, डाक्टरले दिएको यस्तो जवाफले फ्यानहरु चिन्तित



चर्चित गायिका लता मंगेशकरको आज १६ औं दिन अस्पतालमा उपचार भईरहेको छ । ८ जनवरीमा उनलाई कोरोना पोजिटिभ र निमोनियाको गुनासो भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।

९२ वर्षीया लताको उमेर र स्वास्थ्यको ख्याल गर्दै आईसीयूमा चिकित्सकको कडा निगरानीमा राखिएको छ । विगतमा लता मंगेशकरको स्वास्थ्यमा सुधार आएको देखिएपनि हालै लता दीको उपचारमा संलग्न डाक्टर प्रतित समदानीले उनलाई प्रार्थनाको अत्यन्तै आवश्यकता रहेको बताउँदै उनको स्वास्थ्यलाई लिएर फ्यानहरु चिन्तित भएका छन् ।

स्वास्थ्यबारे सबै हल्लाका बीच स्वरा कोकिलाको उपचारमा रहेका डा प्रतित समदानीले आफ्नो स्वास्थ्य अपडेट दिएका छन् । एएनआईले गरेको ट्विटका अनुसार डा प्रतत समदानीले भने, ‘हिजोदेखि उनको स्वास्थ्यमा सुधार भइरहेको छ, तर उनलाई आईसीयूमा निगरानीमा राखिएको छ । उहाँको शिघ्र स्वास्थ्य लाभको कामना।

अनुषा श्रीनिवासन अय्यरका तर्फबाट लता मंगेशकरको स्वास्थ्यलाई लिएर धेरै झुटा अफवाह फैलाइँदै आएको बताइएको छ । यस्ता समाचारमा फ्यानलाई विश्वास नगर्नुहोस्। लता मंगेशकरको डा प्रतत समदानी र अन्य चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । यसअघि पनि परिवारद्वारा लता मंगेशकरको बारेमा अपडेट दिन अपील गरिएको थियो, फ्यानहरूलाई परिवारको गोपनीयताको ख्याल गर्न अनुरोध गरिएको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्