एमाले अध्यक्ष ओली सहित पत्नी राधिका शाक्यलाई पनि संक्रमणको पुष्टी



काठमाडौं, ९ माघ-एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण भएको छ । शनिबार गरिएको उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी दियो । ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ ।

दुईपटक मिर्गौला प्रत्यारोपण गरेका ओली विभिन्न संक्रमण पीडित भएका थिए । ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण भएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्