बेलायतमा देखियो ओमिक्रोनको सहप्रजाति, ४०० भन्दा बढी संक्रमित



लन्डन : बेलायतमा ओमिक्रोनको सहप्रजाति देखिएको छ । बेलायतमा गरिएका परीक्षणमा ४०० भन्दा बढी जनामा सहप्रजाति देखिएको हो । ओमिक्रोन बीए.२ लाई थप अनुसन्धानमा राखिएको बेलायतको स्वास्थ्य सुरक्षासम्बन्धी निकाय (युकेएचएसए) ले जनाएको छ । अहिलेसम्म ४२६ जनामा सो संक्रमण पुष्टि भएको छ ।

यसअघिका विश्लेषणले नयाँ सहप्रजाति ओमिक्रोनभन्दा छिटो फैलिन सक्ने विश्लेषण गरिएको थियो, तथापी वैज्ञानिकहरु यसबारे निश्चित हुन सकेका छैनन् । सहप्रजातिलाई भेरियन्ट अफ कन्सर्न भने घोषणा गरिएको छैन् ।

सहप्रजातिबारे थप विश्लेषण गरिने युकेएचएसएले जनाएको छ । सहप्रजातिले आगामी साता बेलायतको महामारीलाई कसरी आकार दिन्छ भन्ने बारेमा प्रष्ट हुन बाँकी छ । सहप्रजातिले महामारीलाई कस्तो स्वरुपमा लैजान्छ भन्ने बारेमा विज्ञहरुले थप अनुसन्धान गरिरहेको युकेएचएसएका निर्देशक डा. मिरा चन्दले बताइन् ।

बेलायतमा सरकारले काेभिड प्रतिबन्धलाई खुकुलाे पार्ने तयारी गरेकाे छ । अब सार्वजनिक स्थलमा मास्कबिना नै हिँडडुल गर्न पाइने भएकाे छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्