डिभोर्स पछि पनि एउटै होटलमा फेला परे ऐश्वर्या र धनुष, धनुषको बुवाले दिए छक्क पार्ने प्रतिकृया



एजेन्सी । केही दिन अघि मात्र साउथ स्टार धनुषले पत्नी ऐश्वर्या रजनीकान्तसँग अलग भएको घोषणा गरेका थिए । विवाहको १८ वर्षपछि दुवै अलग भएका छन् । तर अहिले धनुष र ऐश्वर्या हैदरावादको एउटै होटलमा बसेको खबर आएको छ । दुवै जना आ–आफ्नो कामको प्रतिबद्धताका कारण यहाँ बसेका छन् ।

भारतीय मिडियाका अनुसार धनुष र ऐश्वर्या रामोजी राव स्टुडियोको स्टार होटलमा बसिरहेका छन्। ऐश्वर्या आफ्नो एउटा गीतको छायाँकनका ​​लागि यहाँ छिन् भने धनुष आफ्नो फिल्मको लागि होटलमा छन् । ऐश्वर्या आफ्नो आगामी प्रेम गीतको निर्देशन गर्न यहाँ बसिरहेकी छिन् । यो गीत भ्यालेन्टाइन डेको लागि हो, जसको छायांकन तीन दिनमा हुनेछ । धनुष र ऐश्वर्याको यो यात्रामा भेट भयो वा भएन भन्ने बारे कुनै जानकारी आएको छैन ।

१७ जनवरीमा आधिकारिक पोस्ट गरेर छुट्टिएको घोषणा
यो जोडीले जनवरी १७ मा अलग भएको घोषणा गरेका थिए । सामाजिक सञ्जालमा पोष्ट सेयर गर्दै उनले लेखेका छन्, ‘१८ वर्ष हामी साथी, दम्पती, आमाबुवा र एकअर्काको शुभचिन्तकका रूपमा सँगै बस्यौँ । एकअर्कालाई बुझ्ने, समायोजन गर्ने र छाँटकाँट गर्दै अगाडि बढ्ने यात्रा भएको छ । आज हाम्रो बाटो छुट्यो । ऐश्वर्या र मैले एक जोडीको रूपमा हाम्रो स म्ब न्ध अन्त्य गर्ने निर्णय गरेका छौं। हाम्रो निर्णय बुझ्नुहोस् र हामीलाई गोपनीयता दिनुहोस्। उनको यो निर्णयले फ्यानहरु छक्क परेका छन् ।

धनुषका बुवाले छोरा र बुहारीबीचको विछोड, पारिवारिक झ ग डा भएको बताएका थिए
तर, केही समयअघि धनुषका बुवाले यो जोडीको डिभोर्स गलत भएको बताएका थिए । उनले भने, ‘धनुष र ऐश्वर्याको डिभोर्स भएको छैन । यो त झ ग डा मात्रै हो जुन दुबैको मत भिन्नताका कारण भएको हो । त्यसैले यो दैनिक पारिवारिक झ ग डा हो। अहिले दुवै जना सहरबाहिर छन् र हैदराबादमा बसिरहेका छन् । मैले दुबै जनासँग फोनमा कुरा गरेको छु र सल्लाह पनि दिएको छु ।

धनुषका बुवाको भनाइबाट उनी छोरा र बुहारीलाई सँगै हेर्न चाहन्छन् भन्ने लाग्छ । फ्यानहरू पनि त्यही चाहन्छन् । तर धनुष र ऐश्वर्या आफ्नो जीवनमा कसरी अगाडि बढ्न चाहन्छन् भन्ने कुरा महत्त्वपूर्ण छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्