ओछ्यानमा लागेको आ गोले एक महिने शिशुको निधन, आमा अस्पताल भर्ना



काठमाडौ । ओछ्यानमा आ गो सल्किएर एक महिने शिशुको निधन भएको छ । रुकुममा भएको घटनामा शिशुलाई बचाउन खोज्दा आमाको दुवै हात ज ले र घाइते भएकी छन्।

रुकुम पश्चिम चौरजहारी नगरपालिका–६ शान्तीबजार बस्ने रिमबहादुर रोकायको एक महिने छोराको आ गोमा परेर निधन भएको हो । शिशुलाई चुलोको नजिक सु ता एर आमा बाहिर गएको बेला बच्चा सु ते को ओछ्यानमा आ गो सल्केको प्रहरीको प्रारम्भिक अनुसन्धानमा बुझिएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार घाइते आमालाई उपचारको लागि मिसन अस्पताल चौरजहारी लगिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चौरजहारी रूकुम पश्चिमबाट प्रहरी टोली खटिएको छ।

यो पनि, फिल्म ‘पुष्पा स् द राइज’ पछि अभिनेता अल्लू अर्जुन सफलताको अर्को सिँढीमा उक्लिएका छन् । यही कारण उनले ‘पुष्पा स् द रुल’का लागि आफ्नो पारिश्रमिक बढाएका छन् । यो फिल्म मात्र होइन, उनले अन्य फिल्मका लागि पनि बढेको पारिश्रमिक लिने छन् । उनले पारिश्रमिक मूल्य सय करोड पु¥याएका छन् ।

फिल्ममा एटलीको निर्देशन र लायका प्रोडक्सनको निर्माण हुनेछ । लायका प्रोडक्सनले यसअघि तमिलमा ‘२।०’, ‘कैथी’ र ‘दरबार’ जस्ता फिल्म निर्माण गरिसकेको छ । एटलीले ‘मार्सल’, ‘थेरी’ र ‘बिजिल’ जस्ता फिल्म दर्शकलाई दिइसकेका छन् ।

अल्लूले सय करोड पारिश्रमिक तोके पनि त्यो लगानी उठाउन प्रोडक्सन हाउसलाई कुनै चिन्ता छैन । किनकी उनीहरूलाई अल्लूको कामप्रति विश्वास छ ।
फिल्म ‘पुष्पा’ पछि अभिनेत्री रश्मिका मन्दानाले पनि पारिश्रमिक बढाएकी छन् । उनले ‘पुष्पाः द रुल’का लागि चार करोड पारिश्रमिक लिने घोषणा गरिसकेकी छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्