H#JG^*8XPo32Fd

हिजोको आजै नेपालमा संक्रमणले दियो नयाँ सङ्केत




गएको २४ घण्टामा नेपालमा ६ हजार ४६२ जनामा सं’क्रमण पुष्टि भएको छ। १७ हजार ४३७ जनामा परीक्षण गर्दा सो संख्यामा सं’क्रमित फेला परेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित प्रेस ब्रि’फ्रि’ङका क्रममा १३ हजार ३७७ पीसीआर परीक्षण गर्दा ५ हजार ५९८ जना र ४ हजार ६० जनामा ए’न्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ। विगत दुई सातादेखि नेपालमा कोभिड-१९ स’ङ्क्रमण निरन्तर बढिरहेको छ। अधिकारीका अनुसार ३२ मध्ये २८ मा ओमिक्रोन सङ्क्रमित भेटिएका र ४ जना डे’ल्टा भे’रिअ’न्ट भेटिएको छ।

केही दिन यताको तुलनामा आज संक्रमण ह्वा’त्तै घटेको छ। हिजो नेपालमा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो। हिजाे २० हजार १८७ जनाकाे परीक्षण गरिएकाे थियाे। साथै, १६ जना संक्रमितको मृत्यु भएको थियो।

यस्तै, आज संक्रमणका कारण ४ जनाको ज्या’न ग’एको छ। आज काठमाडौं उपत्यकामा ३ हजार ७९१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका मात्र थिए। आज २१५ आईसीयूमा उपचाररत रहेकोमा ४७ जना भे’न्टिलेट’रमा रहेका मन्त्रालयले जनाएको छ।

कहिलेबाट घट्छ सङ्क्रमण?

डेल्टा भेरिअन्टका कारण गएको चैत वैशाखमा दोस्रो ल’हरमा फैलिएकोमा यसपालि ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या बढेको हुनसक्ने विज्ञहरू बताउँछन्। तर सरकारले ओमिक्रोनबाट स’ङ्क्रमित व्यक्तिहरूका बारेमा छुट्टै त’थ्याङ्क भने दिएको छैन।

पौष १८ मा देशभरी केवल २१६ जनामा कोभिड पुष्टि भएकोमा पुस २५ गतेदेखि १,००० भन्दा बढीमा सङ्क्रमण पुष्टि हुन थालेको हो।
त्यसयता दैनिक सङ्क्रमितहरूको सङ्ख्या उकालो लागिरहेको देखिन्छ।

मन्त्रालय अन्तर्गतको सरुवा रोग महाशाखाले यसै हप्ता सङ्क्रमण उत्कर्षमा पुग्ने प्रक्षेपण गरेको छ।बढ्दो सङ्क्रमण नियन्त्रणका लागि काठमाण्डू उपत्यकामा शनिवारबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिएको छ।

उपत्यकामा भि’डभा’ड हुने गतिविधिमाथि प्रतिबन्ध लगाइनुका साथै विद्यालय, सिनेमा घर, जिमखाना सहितका भिडभाड हुने सेवाहरू बन्द गरिएको छ।
घरबाट बाहिर निस्कँदा मोबाइलमा भए पनि खोप कार्ड अनिवार्य रूपमा राख्न भनिएको छ।

५० जना स्वास्थ्यकर्मी संक्रमित भएपछि टेकु अस्पतालले बन्द गर्‍यो नियमित खोप कार्यक्रम

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५० जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि एक साताका लागि नियमित खोप कार्यक्रम बन्द गरेको छ ।

खोप अभियानमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसहित ५० जनाभन्दा बढीमा संक्रमण देखिएकाले १० माघ सोमबारदेखि १६ माघ आइतबारसम्म सात दिन नियमित खोप कार्यक्रम बन्द गरिएको अस्पातलले जनाएको छ ।

यसबारे अस्पतालले जारी गरेको सूचना

यस अस्पतालमा कार्यरत रही बिरामीको उपचार र कोभिड-१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीहरू ५० जना भन्दा बढी कोभिड–१९ बाट संक्रमित हुनु भएकोले यस अस्पतालमा संचालित कोभिड-१९ विरुद्धको नियमित खोप कार्यक्रममा २०७८ माघ १० देखि २०७८/१०/१६ गतेसम्म ७ दिनको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। यसबाट सर्वसाधारणमा पर्न गएको असुविधाको लागि क्षमाप्रार्थी छौं।

निर्देशक

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्