अझै कहिले सम्म हुन्छ वर्षा र हिमपात ?


banner

काठमाडौं । काठमाडौ लगायत मुलुकका केही स्थानमा अझै वर्षा र केही स्थानमा हिमपात जारी रहने भएको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव भएका कारण वर्षा र हिमपात जारी रहने भएको हो । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली छ । बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमवार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहनेछ । बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशााखाले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्