राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारले अब भोट माग्न नपाउने


banner

काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । गए राति १२ बजेदेखि मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मौन अवधिको समयमा एसएमएस र सामाजिक सञ्जालबाट समेत उमेदवारले भोट माग्न नपाउने आयोगले जानकारी दिएको छ । आयोगका अनुसार मौन अवधिको समयमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न हुँदैन ।

उमेदवार र राजनीतिक दलहरूको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि रोक लगाइएको छ । आयोगले निर्वाचनमा भाग लिने मतदाताहरूलाई मतदाता सूचीमा आफ्नो नाम भए÷नभएको यकिन गर्न पनि अनुरोध गरेको छ । जसका लागि आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा निर्वाचनमण्डलको अन्तिम मतदाता नामावली विवरणसँग ‘क्रस भेरिफाइ’ गर्न अनुरोध गरिएको छ ।

यो पनि, प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सरकारले घोषणा गरे ९० दिनमै निर्वाचन गराउनसक्ने बताएका छन् । यसअघि माघको पहिलो हप्ता मिति घोषणा नगरे वैशाखमा चुनाव गराउन सम्भव नहुने बताएका प्रमुख आयुक्त थपलियाले अझै पनि मिति घोषणा गरे निर्वाचन गराउन सकिने बताएका हुन् ।

“सरकारले माघ १५ सम्म मिति घोषणा गरे पनि आयोगले स्थानीय तहको निर्वाचन गराउन सक्छ,” प्रमुख आयुक्त थपलियाले बाह्रखरीसँग भने, “सरकारले मिति घोषणा गरेर आवश्यक सहयोग गरे ९० दिनभित्र चुनाव गराउन सम्भव हुन्छ ।”

उनले निर्वाचन आयोगलाई मिति घोषणा गर्ने अधिकार नभएको भन्दै प्रस्ताव गर्ने अधिकारक आयोगले प्रयोग गरिसकेको बताए । सरकारले ऐन नै संशोधनको तयारी गर्‍यो नि ? भन्ने प्रश्नमा प्रमुख आयुक्त थपलियाले आयोगले संविधान र कानुनअनुसार काम गर्ने भन्दै ऐन संशोधन गरे आयोगले संशोधित ऐन अनुसार नै काम गर्नुपर्ने बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्