आफ्नो नाम कोभिड भएकै कारण यि ब्यक्तिको जिवनमा भयो यस्ता अचम्मका घटना (भिडियो हेर्नुस्)



एजेन्सी । अहिले विश्वव्यापी रुपमा कोभिड महामारी फैलिरहेको छ । यस्तो अवस्थामा कुनै ब्यक्तिको नाम नै कोभिड भयो भने के होला ? यहाँ यहि नाम गरेका एक ब्यक्तिले आफुले भोगेका अनौठा घटना सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । कोभिड कपुर नाम भएका एक भारतीयले कोभिड महामारीको युगमा आफ्नो नामकै कारण सामना गर्नुपरेका हास्यास्पद र अनौठा परिस्थितिहरूबारे बताएर सामाजिक सञ्जालमा ‘भाइरल’ बनेका छन् ।

उनले ट्विटरमा एउटा ‘थ्रेड’ नै बनाएर विशेषगरी आफूले विदेश यात्रा गर्दाका अनौठा अन्तरक्रियाहरू व्याख्या गरेका हुन् । उनी भछन्, “पहिलो कुरा त सबैलाई मेरो नाम नै अचम्मको लाग्ने गर्दछ । हरकोहीले पहिलोपटक मेरो नाम सुनिसकेपछि फेरि पनि दुई–तीनचोटि सोध्ने गर्दछन् ।’’

उनले थप भने, “मेरो ३०औँ जन्मदिनमा साथीहरूले मेरो लागि एउटा केक अर्डर गरेका थिए र केक बनाउने ठाउँमा मेरो नामलाई लिएर साथीहरूले मजाक गरेको होला भनेर अंग्रेजी ‘के’को सट्टा ‘सी’ लेखेर मेरो नाम ह्यापी बर्थडे कोभिड–३० भनेर लेखिएको थियो ।’’

त्यस्तै, अर्को पोस्टमा को रो ना नामक बि य र खाइरहेका छन्, जसमा कोभिडले कोरोना खाँदै भनेर ठट्टा गरिएको छ । त्यस्तै, नामकै कारण अनावश्यक चर्चामा आउन थालेपछि उनले पछिल्लो समय रेस्टुरेन्ट व कफी सपलगायत सार्वजनिकस्थलमा जाँदा नक्कली नाम दिने गरेको पनि बताए ।

उनी भन्छन्, “एकपटक स्टारबक्समा जाँदा त्यहाँको कर्मचारीले मेरो नाम सबैलाई औँलाले देखाइरहेको थियो । यसपछि आसपासका सबै हाँस्न थालेँ । यसकारण नै म प्रायः बाहिर हुँदा नक्कली नामको प्रयोग गर्दछु ।’’यति मात्र नभएर आफ्नै जिमेल सर्च गर्दा गुगलले समेत उनको नाम सच्याएर ‘कोभिड’ बनाइदिने गरेको उनले अर्को ट्विटमा बताए ।

हरेक दिन अमेजोनको डेलिभरी गर्ने कर्मचारी, बिजुली बनाउने, विमानस्थलका सुरक्षाकर्मी, होटेलमा चेक–इन गर्दा विभिन्न ठाउँमा नामकै कारण आफूले अनेकौँ अनौठा परिस्थिति अनुभव गर्ने गरेको उनले बताए ।

यसरी अझैसम्म पनि हरेकपटक कुनै नयाँ मान्छेलाई आफ्नो नाम बताउँदा सानो भए पनि मान्छेले केही हास्यास्पद प्रतिक्रिया दिने, जोक भन्ने वा आश्चर्यचकित पर्ने गरेको उनले बताए । अझै लामो समयसम्म नामका कारण आफूले यस्ता अनुभवहरू पाइरहने उनको अनुमान छ । एजेन्सी ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्