कोरोना संक्रमितबाट जोगिन साहारा कती सुरक्षित ? लगायो यस्तो जुक्ति


banner

काठमाडौ । काठमाण्डौ उपत्यकामा कोरोना संक्रमण बढे सँगै सहारा राइडर कम्पनी पनि सचेत बनेको छ । यसैक्रममा आफ्ना राइडरहरुका सवारीसाधनमा सेनिटाइज गर्ने काम गरेको छ । अन्य सेवा प्रदाय संस्था झै यसले पनी हजारौं नेपालीहरुलाई रोजगार दिएको र नेपालीद्धारा बानाइएको एप भएको संस्थाका बजार ब्यवस्थापक जेडी गौतमले बताउनु भयो ।

के हो यो साहारा एप ?
साहारा भनेको बिशुद्ध नेपाली राइड शेयरिङ्ग एप हो जसमा उपभोक्ताले बाइक वा ट्याक्सी बुक गर्न सक्नहुुन्छ । सर्वसाधारणलाई राइड सेयरिङ्ग सेवा दिन सन् २०१९ अगस्टमा एउटा कम्पनी सञ्चालनमा आएको थियो, जसको नाम थियो सुपर एप जुन अहिले नाम परिवर्तन भएर साहारा भएको छ ।

हाम्रो नेपालको युवाहरु बिदेशमा गएर पढेर अनि ज्ञान आर्जन गरेर, नयाँ टेक्नोलोजी नयाँ जोश अनि जागरका साथ नेपालमा नै केहि गर्ने अनि नेपालको पैसा नेपालमा नै उपभोग गर्ने उदेश्यका साथ खोलिएको संस्था हो ।

यस संस्थामा हाल १५ हजार युवाहरुले प्रत्यक्षरुपमा रोजगारी पाइराखेका छन् । जहाँ बाइक र ट्याक्सी दर्ता गराएर प्रत्येक दिन २५०० कमाउन सक्छन र कमाइ राखेका पनि छन। यस नेपाली राइड शयेरिङ्ग एपमा भबिश्यमा फुड, सपिङ्ग,मेडिकलको फिचर पनि लिएर आउने योजनामा रहेको छ ।

साहाराले राइडरहरुलाई अन्य कम्पनीको तुलनामा शुन्य प्रतिशत कमिसनमा राइड गर्न उपलब्ध गराएको छ जहाँ नेपालको रकम कतैपनि जादैन र
कसैलाई पनि तिर्न पर्दैन । प्रविधिको विकासले भित्र्याएको राइड सेयरिङ एपको लोकप्रियता दिनदिनै बढ्दै गएको छ। पछि ल्लो समय कोरोना महामारीका कारण पनि यसको माग बढेको देखिन्छ । मानिसलाई दैनिक बस वा ट्याक्सीको यात्रामा कठिन हुने भएपछि सेयरिङ एप मार्फत हुने राइडिङले व्यापकता पाएको हो ।

जनु साहारा एपले उपभोक्ताको सामु नयाँ लिएर आएको छ। यसका केही फरक बिशेषता पनि छन । एउटा त ुबुकिङ फर अडर्स हो । यस अन्तरगत जो सँग यो एप छ उसले परिवार,आफन्त वा साथीहरूको निम्ति बुक गरिदिन मिल्छ। यसका लागि
इन्टरनेट चाहिंदैन । अफलाइन बुकिङ सुविधा पनि छ ।

बैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै काम खोजि रहेकाहरूलाई यो एप सहाराका रूपमा उभिएको उनी बताउँछन । त्यति मात्र होइन, विद्यार्थीहरूको निम्ति पनि यो रोजगारको स्रोत बनेको छ। कम्पनीले हालसम्म १५ हजारलाई रोजगार दिएको छ । आफ्नो सवारीसाधन र चालक अनुमति पत्र (लाइसेन्स) भएका जो पनि सहाराका पार्टनर बन्न सक्छन । काम गर्ने इच्छुक व्यक्तिहरूलाई कम्पनीले सुरुमा तालिम दिन्छ । यसमा एप कसरी चलाउने ?

एपमा समस्या आए कसरी समाधान गर्ने ? पैसा लिंदा वा दिंदा यात्रुहरु सँग कस्तो व्यवहार गर्ने ? लगायत कुरा सिकाइन्छ । राइड सेयरिङ सेवा दिन चाहने व्यक्तिले सहारा एप डाउनलोड गरी मोबाइल नम्बर सहित व्यक्तिगत विवरण भर्नुपर्छ । राइडरहरूले बाइक र गाडी छनौट गरी इच्छा अनुसारको बर्गमा दर्ता गराउनपुर्छ । ग्राहकले पनि एप डाउनलोड गरी आफ्नो व्यक्तिगत विवरण भरेर दर्ता गर्नुपर्छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्