नेपाली युवतीलाई रसियन बताउँदै भारतमा धन्दा



काठमाडौ । नेपाली युवतीलाई रसियन बताउँदै भारतमा उनीहरु माथि गलत काम भइरहेको रहस्य खुलेको छ । भारतीय मिडिया हिन्दुस्तान दैनिकले यसवारे समाचार लेखेको छ । भारतको भोपालस्थित अरेरा कोलोलीमा रहेको इडन स्पा सेन्टरमा यस्ता गलत काममा नेपाली युवतीहरुलाई लगाइएको हो ।

त्यहाँ युवतीहरुको श रि र को ब्यवसाय हुने गरेको छ । स्पाका मालिक गौरव बाधवनीले नेपाल र उत्तरपूर्वी भारतबाट ल्याएका युवतीलाई रसियन बताएर ग्राहक सामु पेश गर्ने गरेका थिए । यसका लागि उनले ग्राहकबाट मोटो रकम असुल्ने गरेको भारतीय मिडियाले जनाएका छन् ।

प्रहरीको अनुसन्धानमा गौरव यसभन्दा अघि कोलारमा रहेको हेभन फ्यामिली सैलुन स्किन केयर स्पा सेन्टरमा म्यानेजरका रुपमा काम गर्थे । त्यहाँपछि उनले भोपालमा स्पा खोलेर यौन व्यवसाय चलाउन सुरु गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले स्पाबाट ६ युवतीका साथै ४ जना ग्राहकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवतीमध्ये एक जना नेपालको र दुईजना उत्तरपूर्वी भारतका थिए । बाँकी युवती भोपालकै रहेको बताइएको छ । युवतीहरूको उमेर २२ देखि ३२ वर्षको बीचमा रहेको प्रहरीले जानकारी दिएको छ ।

यो पनि, यता नेपालको काभ्रेपलाञ्चोकको बनेपा बजारमा अ नै तिक क्रियाकलाप सञ्चालन गरेको आरोपमा तीनवटा होटेलका सञ्चालकहरू पक्राउ परेका छन्। आइतबार बनेपा नगरपालिकाका विभिन्न होटेलहरूमा प्रहरीले अनुगमन गर्दा तीनवटा होटेलमा त्यस्ता क्रियाकलाप सञ्चालन गरेको पाइएपछि प्रहरीले होटेल सञ्चालकहरूलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार बनेपा नगरपालिका– १० पुलबजारस्थित अरनिको होटेल एन्ड गेस्टहाउसका सञ्चालक ४९ वर्षीय गोकुल पराजुली, बनेपा– ७ गोदामचोकस्थित नाम नराखिएको चिया नास्ता खाजा घरकी सञ्चालक ४१ वर्षीय चञ्चला महत र बनेपा– ८ बसपार्कपछाडि सञ्चालित नाम नराखिएको क्याफे सञ्चालक ४२ वर्षीया मनमाया तामाङ पक्राउ परेका हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्