मनोज गजुरेललाई ठगीको प्रयास, यसरी गरिदिए पर्दाफास



काठमाडौं । वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले आफुलाई कसैले ठगी गर्न खोजेको भन्दै पर्दाफास गरेका छन् । उनले आफुलाई जस्तै अरुलाई पनि उनीहरुले ठगी गर्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । गजुरेलले बताए अनुसार सो अन्तराष्ट्रिय समुह हो । उनीहरुले सामाजिक सञ्जाल मार्फत फोन गरेर लक्की ड्र मार्फत तपाईको नम्बर भाग्यशाली नम्बरमा परेको भन्दै चिट्टामा परेको पैसा पाउन केही पैसा जम्मा गर्नु भनेको पनि बताएका छन् ।

उनले सामाजिक संजाल फेशबुकमा आफूमाथि ठग्ने प्रयास भएको जानकारी दिदै अरुलाई सचेत हुन भनेका छन् । कलाकार गजुरेलले कल आएको नम्बरसहितको मोवाइल स्क्रिन स ट सार्वजनिक गर्द ठगी गर्ने गिरोहसँगको संवाद समेत सार्वजनिक गरेका छन् । जसमा उनलाई लाखौंको चिठ्ठा परेको बताइएको छ ।

गजुरेलका अनुसार ठगी गिरोहले फोन गरेर ‘म कान बङ्गा करोडपति मार्केटिङ अफिसर राहुल’ भनेको र उनीसँग कुराकानी अघि बढाउँदा तपाईँको नम्बर भाग्यशाली नम्बरमा १ लाख परेको र उक्त पैसा निकाल्नुअघि तपाईँले पैसा पठाउनु पर्ने भनेको उल्लेख गरेका छन् ।

सोका लागि पैसा पठाउनका लागि एनआईसी एशिया, ग्लोबल आइएमई, प्रभू बैंक, इभरेष्ट बैंक इत्यादी प्रयोग गर्न सक्नुहुनेछ भनी बताउदै यदी नभए खाता खोल्न या खात नम्बर दिलाउन उक्त गिरोहले अनुरोध गरेको उल्लेख गरेका छन् ।

तर आफूले ठग भनि पहिचान गरिसकेकोले आफू नफसेको उनले उल्लेख गरेका छन् । नेपालमा चेतनाको कमी, अनभिज्ञता र अर्थिक प्रलोभनका कारण अनलाईन ठगी हुनेहरुको संख्या बढ्दो छ । दिनहुँ जासो यसरी धेरै नेपालीहरु ठगिने गरेको नेपाल प्रहरीलेसमेत बताउदै आएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्