H#JG^*8XPo32Fd

यस्तो गल्ती गरेका कारण राइडर लुटिए भन्दै पठाओले जारी गर्यो विज्ञप्ती




काठमाडौं । राइडिङ कम्पनी पठाओले राइडरले अफलाइन राइड गरेकाले अ प ह र ण हुनु परेको बताएको छ । सोमवार एक विज्ञप्ति जारी गर्दै पठाओले शनिबार पठाओ राइडर प्रवीन राईले अफलाइन राइड गरेको जनाएको छ । राइडरलाई शनिबार राति काटेश्वरबाट अफलाइन राइड गरेर एक युवाले धापाखेल पुर्याएरका थिए ।

सोही समयमा राइडरको मुखमा टेप र हातखुट्टामा डोरीले बाँ धे र मोटरसाइकलसहित राइडरको ८ हजार रुपैयाँ लु ट पा ट गरिएको थियो । सुमन तामाङ पठाओमा धापाखेल गएको र मिनराज राईले लुटपाट गर्न सहभागी भएको खुलेको छ ।

पठाओकी प्रवक्ता सुरक्षा हमालले अनलाइन राइड लिएको कुनै पनि विवरण नदेखिएको बताइकी छन् । ‘‘अफलाइन बार्गेनिङ गरेर राइड गरेको देखिन्छ । पठाओ एपका कुनै पनि विवरण छैन,” उनले भनिन् ।

यो पनि, सत्तारुढ दलहरुबीच मंसिरमै प्रतिनिधिसभा निर्वाचन गरेर माघ वा फागुनमा स्थानीय तह निर्वाचन गर्ने समझदारी बनेको छ । सत्तारुढ दलहरुले असोजमा स्थानीय तह निर्वाचन भएको मानेर छ महिनाभित्र चुनाव गर्ने र त्यतिञ्जेल कायम रहेका प्रतिनिधिले नै काम गर्ने गरी स्थानीय तह निर्वाचन ऐन संशोधनको तयारी गरेका छन् । अहिलेको तयारीअनुसार नै अघि बढे असोजमा स्थानीय तह निर्वाचन भएको मान्दा फागुनसम्म स्थानीय तह निर्वाचनका लागि म्याद बाँकी रहन्छ ।

त्यसो हुँदा सरकारले मंसिरमै प्रतिनिधिसभा निर्वाचन गराएर त्यसपछि स्थानीय तहको निर्वाचन गर्नसक्ने सत्तारुढ दलका एक नेताको भनाई छ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सत्तारुढ गठबन्धनका संयोजक रामचन्द्र पौडेल भने ठोस सहमति नभइसकेको बताउँछन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्