अपहरणमा परेका पठाओ राइडरका बारे पठाओ नेपालले निकाल्यो यस्तो विज्ञप्ति, राइड अफलाइन भएको बेला अपहरणमा परेका थिए !


banner

काठमाडौँ । पठाओ राइडर प्रविन राईले अफलाइन राइड लिएको समय अपहरणमा परेको पाइएको छ । राईलार्य शनिबार राथि कोटेश्वरबाट चढेका एक युवकले धापाखेल पुर्‍याएर लुटपाट गरेका थिए ।

मुखमा टेप र हातखुट्टामा डो’री’ले बाँ’धेर राईसँग भएको ८ हजार नगद र मोटरसाइकल लिएर भागेका सुमन तामाङ र मिनराज राईलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङ कोटेश्वरबाट पठाओमा गएका थिए भने राईले धापाखेलमा बन्धक बनाउन सहयोग गरेको पाइएको प्रहरीले बताएको छ । तामाङ कोटेश्वरबाट पठाओमा गएका थिए भने राईले धापाखेलमा बन्धक बनाउन सहयोग गरेको पाइएको प्रहरीले बताएको छ ।

राइडर प्रविण पनि अफलाइन राइड लिएको पाइएको पठाओले बताएको छ । पठाओका अनुसार राईले घटना भएको दिन सामखुसीबाट कोटेश्वरसम्म अन्तिम राइड लिएका थिए । कोटेश्वरबाट घटनास्थल धापाखेल पुगेको कुनै पनि विवरण पठाओ एपमा उपलब्ध नभएको पठाओले जानकारी दिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्