१६ पुसदेखि हराइरहेकी भनीएकी महिला शव घरभित्रै बाट यस्तो अबस्थामा भेटियो



गत १६ पुसदेखि हराइरहेकी धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठकाे ह;त्या गरी पु’रे’को अवस्थामा घरभित्रै शव फेला परेको छ । घरको भुइँतलामा पुरेको अवस्थामा साेमबार शव फेला परेको हो ।

शरीरमा विभिन्न खालका चो’टहरु रहेको र श’व ग’ले’को अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए। सीता हराएको भनेर २१ पुसमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको कार्कीले जानकारी दिए।

उजुरीपछि प्रहरीले कुकुर परिचालन गरेर खोजतलाश गरे पनि फेला पार्न सकेको थिएन । लामो समयसम्म घटनाको विषयमा प्रहरीले केही पत्ता लगाउन नसक्दा प्रहरी चुकेको स्थानीयको आरोप थियो।

सीताको ह’त्या घरायसी विवादको क्रममा उनकै श्रीमान सीताराम भनिने सीताकुमार श्रेष्ठले गरेको खुल्न आएको डिएसपी कार्कीले जानकारी दिए। श्रीमती ह’त्या गरी घरभित्र शव पु’रेर फरार रहेका सीतारामलाई आइतबार ललितपुरबाट पक्राउ गरी धनकुटा ल्याएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान गरी कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ताको तयारी गरेको प्रहरीले जनाएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्