बिहेमा नाँच्दा नाच्दै अन्तलालको मृत्यु, कसैले पत्याउनै सकेनन्, हेर्नुहोस् के भो यस्तो




काठमाडौं । धेरै पटक हाम्रा आँखा अगाडि यस्ता दुर्घटना हुन्छन्, जसलाई कसैले पत्याउन सक्दैन् । यस्तै एउटा घटना भारत, मध्य प्रदेशको बैतुलमा भएको छ । त्यहाँ विवाह समारोहमा नाच्दै गर्दा एक युवकको लडेर अचानक मृत्यु भएको छ ।

यस क्रममा त्यहाँ उपस्थित उनका साथीहरूले पत्याउन सकेनन् । एकजना साथीले उठाउन खोज्छन् तर कुनै तत्काल सर्पोट हुने केही नगरी उनलाई अस्पताल लगियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

यो घटना मध्य प्रदेशको बैतुल जिल्लाको शाहपुर थाना क्षेत्रमा भएको बताइएको छ । जिल्लाको जमुढाना गाउँमा गएराति विवाह समारोहमा गीतमा नाच्दै गरेका २८ वर्षीय अन्तलाल उइकेको निधन भएको हो । प्रहरी उपडिभिजन अधिकृत महेन्द्रसिंह मीनाले यसको पुष्टि गर्नुभयो ।

उनका साथीहरु डान्सको भिडियो बनाउँदै थिए । डान्स स्टेप गर्दै गर्दा अचानक अन्तालाल भूईमा ढलेर बेहोस हुन्छन् । भिडियो बनाउने साथी अन्तालालसम्म जान्छन् । सोही क्रममा साथीहरूले उनी अभिनय गरिरहेको बुझ्छन् । एक साथीले उनलाई बेलुन देखाएर उठाउन खोज्छन् ।

जबकि अर्को साथीले उनको हात समातेर उठाउन खोज्छन् । तर, यति हुँदाहुँदै पनि अन्तालालको शरीरमा कुनै हलचल नभएपछि साथी युवाले उनलाई उठाएर जिल्ला अस्पताल पुर्याएका थिए ।

त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको आज जिल्ला अस्पतालमा परीक्षण गरी पार्थिव शरीर आफन्तलाई बुझाइएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्