प्रियंका आमा बनेको कुरालाई मजाक बनाएपछि आलोचित भइन् तसलिमा नसरिन, फेरी दिइन् यस्तो प्रतिकृया



काठमाडौ । बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनस आमा बुवा बनेको विषयलाई मजाक बनाएपछि चर्चित लेखिका तथा महिलावादी तसलिमा नसरिन विवादित भइन् । उनले प्रियंका आमा बनेको विषयलार्ई मजाक बनाउँदै सामाजिक सञ्जालमा स्टाटस लेखेकी थिइन् । बंगलादेशी लेखिका तसलिमा अहिले भारतमा बस्दै आएकी छन् । उनलाई बंगलादेशले देश निकाला गरेको हो ।

प्रियंका र निकले छोरी जन्मिएको खबर सोसल मिडियामा दिएपछि भारतकी चर्चित लेखिका तथा महिलावादी तसलिमा नसरिनले सोसल मिडिायमा सरोगेसीमार्फत् अभिभावक बनेका माथि निशाना साँधेकी थिइन् । तसलिमाले सरोगेसीमार्फत् जन्मिएका बच्चालाई रेडिमेड बेबी भनेकी थिइन् । उनले सन्तानलाई रेडिमेड बेबी भनेका कारण आलोचित भएकी हुन् ।

उनको यो बयानमाथि प्रयोगकर्ताले उनलाई बेस्सरी ट्रोल गरे । त्यसपछि तसलिमाले पोस्ट सेयर गरेर आफ्नो बयानमा स्पष्टिकर दिएकी छिन् ।
तसलिमा नसरिनले सोसल मिडिया पोस्टमा सेयर गरेर लेखिन्, ‘मेरो सरोगेसीको पोस्ट, सरोगेसीमाथि मेरो भिन्न धारणाबारे हो । यसको प्रियंका चोपडा र निक जोनससँग कुनै लेनदेन छैन । म यो जोडीलाई प्रेम गर्छु । सरोगेसीमाथि मेरो धारणाको विषयमा मानिसले मलाई गा ली गरिरहेका छन् । उनीहरुले भाडाको कोखविरुद्ध बोल्नु मेरो पुरानो सोच भएको बताएका छन् । घर नभएका बच्चालाई पाल्नुहोस् तर गरिब महिलाको शारीरिक शो ष ण नगर्नुहोस् । ’

बलिउड नायिका प्रियंका चोपडाले आफू सरोगेसीमार्फत् आमा बनेको खबर दिएर सबैलाई चकित पारेकी थिइन् । उनको यो खबरले धेरैलाई खुसी त बनायो तर धेरैले उनीमाथि प्रश्न पनि उठाए । यस्तै, भारतकी चर्चित लेखिका तसलिमा नसरिनले पनि यसबारे ट्वीट गरिन् । तसलिमाले आफ्नो ट्वीटमा सरोगेसीमार्फत् जन्मिने बच्चालाई रेडिमेड बेबी बताएकी थिइन् ।

प्रियंका चोपडा एक्ली नायिका होइनन् जसले सरोगेसीमार्फत् सन्तान सुख प्राप्त गरेकी छिन् । वास्तवमा सरोगेसी ती जोडीका लागि वरदान मानिन्छ जसलाई विभिन्न खालका स्वास्थ्य समस्या छन् ।

तर प्रियंकाले आफ्नो आमा बन्ने इच्छा सरोगेसीमार्फत् पूरा गरिन् । प्रियंकाले आफू सरोगेसीमार्फत् आमा बनेको कुरा सार्वजनिक भएपछि तसलिमाले यसबारे आफ्नो धारणा पोखेकी छिन् । उनले लेखेकी थिइन्, ‘सरोगेसीमार्फत् रेडिमेड बच्चा पाउने आमाले कस्तो महसुस गछिन् होला ?

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्