दुवै विवाहित माधव र सिर्जनाबीच लामो समयदेखि सम्बन्ध रहेको थाहा पाएपछि रहस्यमय रुपमा हराए



काठमाडौं । काभ्रेको पनौती नगरपालिका–८, खरीबोटका ४० वर्षीय माधवप्रसाद फुयाल र नमोबुद्व नगरपालिका–५ की सिर्जना भण्डारी (कोइराला) एक सातादेखि रहस्यमय रूपमा हराएका छन् ।

उनीहरू माघ २ गतेबाट हराएका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले उनीहरूको अवस्था पत्ता नलागेको र हराएको पुष्टि भएको बताएका छन् ।

उहाँले शुक्रबार भुम्लु गाउँपालिका–८, दोलाघाटस्थित इन्द्रावती र सुनकोसी नदी दोभानको बगरमा माधव र सिर्जनाको कपडा फेला परेको   ।

सुनकोसी नदी बगरमा ढुङ्गामाथि पुरुष र महिलाको कपडा, जुत्ता, घडी, मोबाइल, पर्सलगायतका सामग्री देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे ।हामी गएर अनुसन्धान गर्दा ती सामान माधव र सिर्जनाको रहेको पुष्टि भएको छ, खतिवडाले भन्नुभयो ।

माधव र सिर्जनाबीच लामो समयदेखि सम्बन्ध रहेकाले यी दुईबीचको सम्बन्धको बारेमा दुवैको परिवारलाई थाहा भएपछि उनीहरू रहस्यमय ढङ्गबाट भागेको हुनसक्ने अनुमान गरिएको छ । माधव र सिर्जना दुवै विवाहित हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्