ऐश्वर्या रायले विवाहमा लगाएको सारीमा थियो सुनको धागो र मणी, मुल्य सुनेर पर्नुहुनेछ छक्क



एजेन्सी । बलिउड सुन्दरी ऐश्वर्या राय बच्चन र अभिनेता अभिषेक बच्चनको विवाह भएको १४ वर्ष पूरा भइसकेको छ । यी दुईको विवाहले सञ्चारमाध्यममा लामो समयसम्म चर्चा पाइरह्यो । विवाहको भिडियो र तस्बिर सार्वजनिक नभए पनि उनीहरुको विवाहलाई निकै महत्त्व दिइएको थियो ।

विवाहको केही समयपछि ऐश्वर्या र अभिषेकका विवाहका केही तस्बिर भने बाहिरिए । ऐश्वर्यालाई बेहुली बनाउन चर्चित डिजाइनर नीता लुल्लाले मद्दत गरेकी थिइन् । साउथ इन्डियाबाट विवाह भएकाले ऐश्वर्याले सारी लगाएकी थिइन् । उनी साउथ इन्डियाको परम्पराअनुसार तयार भएकी थिइन् ।

उनले सारी मात्र होइन गरगहना, कपालको स्टाइल सबै साउथ इन्डियन तरिकारले बनाएकी थिइन् । ऐश्वर्याले नीता लुल्लाको डिजाइनमा बनेको सारी पहिरिएकी थिइन् । पिंकभिलाको एक रिपोर्टका अनुसार ऐश्वर्याले विवाहमा लगाएको सारीमा सुन पनि मिलाइएको थियो । जसमा क्रिस्टल र अन्य मणिहरुको प्रयोग भएको थियो ।

पिंकभिलाको रिपोर्टमा उल्लेख भएअनुसार ऐश्वर्याले लगाएको सारीको मूल्य ७५ लाख (भारतीय रुपियाँ) थियो । अभिषेकले भने विवाहमा क्रिम कलरको शेरवानी लगाएका थिए । उनको शेरवानी अबु आनी र सन्दीप खोसलाले डिजाइन गरेका थिए । बलिउडमा ऐश्वर्या र सलमान खानको प्रेमको निकै चर्चा छ । उनीहरु केही वर्ष प्रेममा थिए । तर सलमानको ब्यवहारका कारण ऐश्वर्याले उनलाई छोडेको बताइन्छ । तर अहिले अभिषेकसंग विवाह गरेकी ऐश्वर्याले सुखद दाम्पत्य जिवन विताइरहेकी छन् । ऐश्वर्या र अभिषेकको एक छोरी आराध्या पनि छन् ।

यो पनि, बलिउड अभिनेता सलमान खान, अक्षय कुमारसँग स्क्रिन सेयर गरिसकेका अरुण वर्माको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिएन । भोपालमा बस्ने अरुण वर्माको पिपल्स अस्पतालमा उपचार चलिरहेको थियो । उनको बिहिबार बिहान निधन भएको हो । अरुणले अमिताभ बच्चन, अक्षय कुमार, सलमान खान र सञ्जय दत्तबाहेक थुप्रै ठूला सेलिब्रिटीसँग काम गरेका थिए ।

अरुण वर्माका साथीले दिए जानकारीः
कवि उदय दहियाले फेसबुक अकाउन्टमा अरुण वर्माको निधनको जानकारी दिएका थिए । उनले लेखे, ‘निकै दुःखका साथ भन्नु परिरहेको छ कि मेरा साथी अभिनेता अरुण वर्माको आज बिहान भोपालमा निधन भएको छ । भगवानले उनलाई आफ्नो श्रीचरणमा स्थान दिउन् । ’ अरुण वर्माले सलमान खानको फिल्म किकमा काम गरेका थिए । थिएटरसँग अरुण वर्मालाई निकै लगाव थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्