बारामा जन्ती बोकेको रथ दुर्घटना हुँदा दुईजनाको मृत्यु र १३ जना घाइते




पर्सा : बाराको आदर्श कोटवाल गाउँपालिका-३ बतरा ब्रह्मस्थानमा जन्ती बोकेको रथ दुर्घटना हुँदा दुईजनाको मृत्यु र १३ जना घाइते भएका छन्। ब्रह्मस्थानमा पूजा गरी फर्कने क्रममा रथ अनियन्त्रित भई पल्टिएको हो।

आदर्श कोटवाल-३ कै लक्षुराम महरा चमारको छोरा सियारामको विवाहमा सोमबार साँझ सवा ७ बजे रथ पल्टिएको पर्साका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। रथ पल्टिँदा बतराकी १६ वर्षीया निलमकुमारी राम र बाराको सिम्रौनगढ नगरपालिका-७ जानकीनगरकी करिब २५ वर्षीया बालकुमारी रामको घटनास्थलमै मृत्यु भएको हो।

ब्राह्म बाबा भन्ने स्थानमा पूजा गरी फर्कने क्रममा जन्ती बोकेको रथ तीव्र गतिका कारण अनियन्त्रित भई एउटा रुखमा ठो’क्कि’एको स्थानीयहरूले बताएका छन्। बेहुला भने रथमा नचढेकाले सकुशल रहेको प्रहरीको भनाइ छ। घाइतेहरुको कलैया अस्पतालमा उपचार भइरहेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्