बझाङमा विप्लव कार्यकर्ताले वडा अध्यक्ष र सचिवलाई कालो मोसो दले



बझाङ : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्ववियु(क्रान्तिकारी)का कार्यकर्ताले बित्थडचिर गाउँपालिका-८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई मोसो दलेका छन् ।

वडाको योजनामा करोडौं भ्रष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको लगायत आधा दर्जनभन्दा बढी आरोप लगाउँदै मोसो दलेको अनेरास्ववियु(क्रान्तिकारी)द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

अनेरास्ववियु(क्रान्तिकारी) सधैं जनताको पक्षमा रहेको बताउँदै स्थानीयको रिपोर्ट र संगठनको अध्ययनको आधारमा जनहित विपरीत कार्य गरेको ठहर गर्दै कारबाही गरिएको अनेरास्ववियुले दाबी गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्