अजय देवगनको छोरी न्यासाको यस्ता तस्बिर सार्वजनिक भएपछि…



काठमाडौं । बलिउड अभिनेत्री काजोल र अभिनेता अजय देवगनकी छोरी न्यासा देवगन सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले बेलाबेला आफ्ना बोल्ड तस्बिर सेयर गर्ने गरेकी छिन् । उनका तस्बिरहरू सामाजिक सञ्जालमा प्राय भाइरल हुन्छन्। यसको कारण न्यासा देवगनको बारेमा जान्नका लागि फ्यानहरु उत्सुक छन्, जसका कारण उनको तस्बिलाई फ्यानहरुबाट निकै माया मिलिरहेको छ ।

उनले हालसालै आफ्नो एउटा तस्बिर अपलोड गरेकी छिन् । तस्बिरमा उनी निकै बोल्ड देखिएकी छिन् । उनको उक्त तस्बिरको हाल निकै चर्चा भइरहेको छ । न्यासा देवगनको तस्बिर भाइरल भएको यो पहिलो पटक भने होइन, यसअघि पनि उनका धेरै बोल्ड तस्बिर चर्चाको विषय बनेको थियो । उनको एउटा मिरर सेल्फी पनि भाइरल भएको थियो । उक्त मिरर सेल्फी लिफ्टमा खिचिएको थियो।

यसअघि न्यासा देवगनको हरियो टपमा बोल्ड तस्बिरले सामाजिक सञ्जालमा हल्लाएको थियो । तस्बिरमा काजोलकी छोरी न्यासा देवगन हरियो क्रप गरिएको क्रसट टप लगाएर निकै बोल्ड स्टाइलमा कै द भएकी थिइन् ।

न्यासा देवगन हाल स्विट्जरल्याण्डमा छिन् र ग्लियोन इन्स्टिच्युट अफ हायर एजुकेशनमा इन्टरनेशनल हस्पिटालिटी पढिरहेकी छिन् । यसअघि उनी स्कुलिङका लागि सिंगापुर गएकी थिइन् । यद्यपि न्यासाको आफ्नो कुनै आधिकारिक इन्स्टाग्राम अकाउन्ट छैन।

यो पनि, बलिउड अभिनेत्री तथा निर्माता दीपिका पादुकोण यतिबेला आफ्नो आगामी फिल्म ‘गहरियान’को प्रोमोसनमा जुटेकी छिन् । हालै फिल्मको प्रोमोसनका क्रममा दीपिका पादुकोण बोल्ड देखिएकी छिन् । प्रोमोसनका क्रममा उनी सुन्तला रंगको बोल्ड ड्रेसमा देखिएकी थिइन् ।यद्यपि दीपिकाको यो स्टाइल फ्यानहरुलाई मन परेन । जसका कारण उनी ट्रोल भएकी छिन् । फ्यानहरुले उनलाई उर्फी जावेदको ड्रेसिङ सेन्ससँग तुलना गरेका छन् ।

जब दीपिका ‘गहरियान’ को प्रमोशनका लागि पुगेकी थिइन्, त्यसबेला निकै हावा चलेको थियो, धेरै पटक दीपिकाले आफ्नो ड्रेस सम्हाल्न सकिनन् । यति मात्र होइन, उनीलाई देखेर कतिपय सामाजिक सन्जाल प्रयोगकर्ताले आफूलाई चिसो लागेको अनुमान पनि गरेका छन् । एक प्रयोगकर्ताले दीपिकालाई ट्रोल गर्दै लेखेका छन्, ‘दीपिकाको ड्रेसिङ सेन्स बिग्रँदै गएको छ, रातो कार्पेट र सार्वजनिक स्थानमा वास्ता गर्दैनन्।’

त्यही क्रममा अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘बलिउड अभिनेत्रीहरु अब उर्फी जावेदको नक्कल गर्दै छन् ।’ त्यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यो चिसोमा यस्तो लुगा ’

दीपिका पादुकोणको पहिलो ओटीटी फिल्म ‘गेहरायां’ को ट्रेलर हालै रिलिज भएको छ । फिल्ममा दीपिकाका अलावा सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे, धैर्य करवाको पनि महत्वपूर्ण भूमिका छ । फिल्मको ट्रेलर निकै चर्चामा रहेको छ । यसमा दीपिका पादुकोण र सिद्धान्त चतुर्वेदीको बीचमा धेरै रोमान्टिक दृश्यहरू पनि देखाइएको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्