लहै-लहैमा लागेर अनलाईनवाट डलर कमाउने सोँचमा त हुनुहुन्न ? यस्तै कारवाहीमा पर्नुहोला



काठमाडौ । सामाजिक सञ्जाल र अनलाईन अहिले सबैको पहुँचको विषय बनेको छ । सबै यसवाट अछिुतो छैनन् । तर अनलाईन र सामाजिक सञ्जाललाई नै आम्दानीका श्रोत बनाउनेहरु पनि उत्तिकै छन् । तर कुन कारोवार वैधानिक हो वा अवैधानिक त्यो भने थाहा पाउनु पर्छ ।

कसैको लहै लहैमा लागेर अनलाईनवाट एकै पटक ठूलो आम्दानी गर्न सकिन्छ भनेर काम गर्न थाल्नुभयो भने कारवाहीमा पर्नु होला । राष्ट्रबैंकले डलरको कारोवार गर्नेहरुलाई निगरानीमा राखेको छ ।

कैलालीका एक परिवार अनलाइनबाट डलर कारोबार गरेको भेटिएपछि कारवाहीमा परेका छन् । उनीहरुले मोवाइल एप मार्फत डलर कारोवार गरेको देखिएको हो । कैलालीका दिनेश खड्का र उनका आफन्तविरुद्ध ३७ करोड ६४ लाख बिगो दाबीसहित मु द्दा दायर भएको छ।

राजस्व अनुसन्धान विभागले अवैध रुपमा अनलाइनबाट डलरको कारोबार गर्दै आएको फेला पारेपछि आज काठमाडौं जिल्ला अदालतमा मु द्दा दायर गरेको हो। कैलालीको लम्किचुहा नगरपालिका–१० स्थायी ठेगाना भई हाल काठमाडौं कालो पुल बस्ने दिनेश खड्का, उनकी दिदी भगवती खड्का तथा बुवा नर बहादुर खड्का र दिनेश खड्काकी केटी साथी अनिता धितालले अवैध रुपमा अनलाइनबाट डलर कारोबार गरेको भेटिएको विभागले जनाएको छ।

दिनेश खड्का, भगवती खड्का, नर बहादुर खड्काको बयानको आधारमा उनीहरुले ई(स्क्रील र वाइनान्स नामक मोबाइल एपको प्रयोग गर्दै ठूलो रकमको डलर कारोबार गरेको भेटिए पछि कारवाहीमा परेका हुन् ।

भिन्न बैंकका बैंक स्टेटमेन्टहरु, बरामदित मोबाइलमा प्राप्त मिसिल संलग्न डाटाहरुलगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट दुई एपमार्फत ठूलो रकम कारोवार गरेको देखिएको छ । यि एप मार्फत कारोवार गरेका उनीहरुले नेपालका विभिन्न बैंकहरुमा रकम जम्मा गरेका थिए । उनीहरु विरुद्ध कुल बिगो ३७ करोड ६४ लाख ११ हजार एक सय दाबी गरी मु द्दा दायर गरिएको विभागले जनाएको छ।

यस्तो कारोबार कानुन विपरित रहेको भन्ने राष्ट्र बैंकबाट समेत पुष्टि भएको विभागले जनाएको छ। जस अनुसार मुख्य प्रतिवादी दिनेश खड्कालाई ३ वर्षको कै द सजाय समेत माग गरेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्