साँच्चै ओमिक्रोन भेरियन्टसँगै महामारी समाप्त हुँदैछ?



युरोपमा कोभिड-१९ महामारीको अन्तिम भेरियन्ट ओमिक्रोन नै हुनसक्ने विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले बताएको छ। ओमिक्रोनले विश्व कोभिड महामारीलाई नयाँ चरणमा प्रवेश गराएकाले यो नै अन्तिम भेरियन्ट हुन सक्ने डब्ल्युएचओले बताएको हो।

डब्ल्युएचओ युरोपका निर्देशक ह्यान्स क्लजले सो बताएका हुन्। ‘कोभिड महामारी सुरु भएको तीन वर्ष हुन लागि सक्यो। त्यसैले ओमिक्रोन भेरियन्ट नै यस महामारीको अन्तिम रुप हुन सक्छ,’ आगामी मार्च सम्म ६० प्रतिशत युरोपियन ओमिक्रो संक्रमित हुने बताउँदै उनले भनेका छन्।

ओमिक्रोन भेरियन्टले चरम रुप लिएको युरोपमा पछिल्लो समय संक्रमितको संख्या ओरालो लाग्दै गएको बताइएको छ। कोभिड-१९ विरुद्धको खोपका कारण पनि ओमिक्रोनले कम असर गरेको र चाडै महामारीको अन्त्य हुने संकेत देखा परेको उनले बताएका हुन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्