अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन–मोनिका सम्बन्ध



आज २६ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

क्लिन्टन–मोनिका सम्बन्ध

सन् १९९८ अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनमाथि आफ्नै कार्यलयकी कर्मचारी मोनिका लेवेन्स्कीले यौ- न दु’र्व्य’वहा’रको आ’रोप लगाएकी थिइन् । २६ जनवरीमा क्लिन्टनले एक विज्ञप्ति सार्वजनिक गरेर आफूमाथि लगाइएका आरोप निराधार भएको दाबी गरेका थिए । तर, क्लिन्टनको भुटो विवरण लामो समय टिक्न सकेन । सोही वर्षको १७ अगस्टमा क्लिन्टनले मोनिकासँग आफ्नो अनुचित स’म्बन्ध रहेको स्वीकारेका थिए ।

डेमोक्रेटिक पार्टीकी नेत्री हिलारी क्लिन्टनका श्रीमान राष्ट्रपति बिलमाथि सन् १९९८ मा प्रतिनिधिसभामा लेवेन्स्कीसँगकै स’म्बन्धका कारण महाअभियोग लागेको थियो। तर सिनेटमा भएको मतदानमा विपक्षीको बहुमत नपुग्दा उनको पद जोगिएको थियो। त्यसबेला २२ वर्षकी लेवेन्स्की ह्वाइटहाउसमा इन्टर्न गरिरहेकी थिइन्।

‘सबैको जीवनमा द’बाब, त्रा’स र निराशा छाउँछ, मैले जे गरें त्यो गलत थियो,’ बिलले भनेका छन्, ‘तर मैले वर्षौंदेखिको थकान र चिन्ता व्यवस्थापन गर्न लेवेन्स्कीसँग अफेयर चलाएको थिएँ।’

सन् १९९० को दशकमा बिल क्लिन्टन र लेवेन्स्कीको सम्बन्ध प्रमुख समाचार बनेका थिए। सुरुमा बिल आफूहरुबीच स’म्बन्ध नभएको बताउँथे। तर पछि उनले लेवेन्स्कीसँग ‘यौ न स’म्प’र्क’ भएको स्वीकारेका थिए।

लेवेन्स्कीले पनि उक्त घटनापछि बिलसँग सहमतिमै स’म्बन्ध भएको बताउँदै आएकी थिइन्। तर पछि उनले उक्त घटनालाई ‘शक्तिको दुरुपयोग’ को रुपमा व्याख्या गर्न थालिन्।

‘म बिलको शक्तिशाली स्थान रक्षा गर्न बलि चढाइएकी रहेछु,’ सन् २०१४ मा लेवेन्स्कीले भनेकी थिइन्, ‘परिणाम के हुन्छ भनेर थाहा पाउन नसक्दा दैनिक पश्चाताप गर्छु।’

बिलले वित्तचित्रमा लेवेन्स्कीको जीवन आफूसँगको स’म्बन्धकै कारण व्याख्या गरिने हुँदा आफूलाई निकै नरमाइलो लाग्ने बताएका छन्। हिलारी क्लिन्टनले जब बिल र लेवेन्स्कीको सम्बन्धबारे थाहा पाइन् उनलाई ठूलो चो’ट पुगेको थियो। ‘व्यक्तिगत रुपमा मलाई यति पी’डा भएको थियो कि श्रीमानले गरेका गल्तीबारे मैले विश्वास नै गर्न सकिरहेको थिइनँ,’ हिलारी क्लिन्टनले उक्त वित्तचित्रमा भनेकी छिन्।

आफ्नी छोरी चेल्सीलाई पिताको गल्तीबारे बताउनुपर्दा निकै डर लागेको क्लिन्टनले वित्तचित्रमा बताएकी छिन्। यद्यपी क्लिन्टनले बिलसँगै बस्ने निधो गरिन्। कतिले उनको यस कार्यलाई ठिक भने कतिले बेठिक भने।

गुजरातको विनाशकारी भूकम्प

आज अर्थात २६ जनवरीमा भारतको गुजरात राज्यमा विनाशकारी भूकम्प गएको थियो । भूकम्पमा २० हजार जनाको ज्या’न जा’नुका साथै एक लाख ६० हजार जना घाईते भएका थिए । गुजरात भूकम्पका कारण अबौंको क्षति भएको थियो ।

भारतमा गणतन्त्र दिवस

विश्वकै दोस्रो ठूलो जनसंख्या भएको देश भारत सन् १९५० मा स्वतन्त्र भएको थियो । २६ जनवरीेदेखि भारतको संविधान कार्यान्वयनमा आएको थियो । आजकै दिन भारतले गणतन्त्र दिवस मनाउछ ।

अफ्रिकामा अहिलेसम्मकै ठूलो डायमन्ड फेला परेको दिन

सन् १९०५ मा विश्वकै सबैभन्दा ठूलो हिरा दक्षिण अफ्रिकामा फेला परेको थियो । ३१०६ दशमलब ७५ क्यारेटको सो डायमन्डको मूल्य दुई अर्ब अमेरिकी डलर भएको अनुमान गरिएको थियो ।

अस्ट्रेलिया बस्ने पहिलो युरोपेली टोली

सन् १९७८ देखि अस्ट्रेलियामा पहिलो पटक युरोपेली बस्न सुरु गरेका थिए । जसअन्तर्गत २६ जनवरीमा ब्रिटीशको पहिलो टोली सिड्नी वन्दरगाहमा बस्न थालेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्