२०७८ को नयाँ जनगणना काठमाडौंको जनसंख्या कति ?



काठमाडौं :

गत मंसिरमा भएको १२औँ राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । जसअनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

१२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरणअनुसार जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० कायम भएको छ । जुन ११ राष्ट्रिय जनगणना २०६८ को तुलनामा २७ लाख ९७ हजार ९७६ जनसंख्या वृद्धि भएको हो । राष्ट्रिय जनगणना २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो ।

१२औँ जगनणनाको प्रारम्भिक विवरणअनुसार पुरूष एक करोड ४२ लाख ९१ हजार ३११ र महिला एक करोड ४९ लाख एक हजार १६९ जना रहेका छन् । जसअनुसार पुरूषभन्दा महिला ६ लाख बढी छन् ।

१० वर्षमा जनसंख्या वृद्धिदर शून्य दशमलज ९३ प्रतिशत रहेको छ ।

यस्तै २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांकले नेपालको संघीय राजधानी काठमाडौंमा सबैभन्दा बढी जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ । काठमाडौंमा २० लाख १७ हजार जनसंख्या बसोबास गर्ने गरेको केन्द्रीय तथ्यांक विभागले उल्लेख गरेको छ ।

यसपछि, नेपालका ७७ वटा जिल्लामध्ये हिमाली जिल्ला मनाङमा सबैभन्दा कम जनसंख्या बस्ने गरेको पाइएको छ । मनाङमा जम्मा ५ हजार ६४५ जना मात्र बसोबास गर्ने गरेको पाइएको विभागले जानकारी दिएको छ । यो वर्षको जनगणनाले हिमाली जिल्लामा तुलनात्मकरुपमा कम र तराईका जिल्लामा बढी मानिस बसोबास गर्ने गरेको पाइएको छ ।

यस्तै जनसंख्याको वृद्धिदर १० वर्षमा सबैभन्दा बढी लुम्बिनीमा १४ प्रतिशतले बढेको छ केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनसंख्याको प्रारम्भिक विवरणमा यस्तो उल्लेख भएको हो ।
यस्तै मधेश प्रदेशमा १३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा जनसंख्या वृद्धि भएको छ । अन्य प्रदेशमा १० प्रतिशतभन्दा कमले जनसंख्या वृद्धि भएको जनगणनाको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्