नेपालको जनसंख्या बढ्यो, हेर्नुहोस् कति पुग्यो ?



काठमाडौ । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार उक्त जनसंख्या देखिएको हो। यसअघि २०६८ मा गरिएको गणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो।

सार्वजनिक तथ्यांक अनुसार प्रदेश १ मा ४९ लाख ७२ हजार ०२१, मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८, बागमतीमा ६० लाख ८४ हजार ०४२, गण्डकीमा २४ लाख ७९ हजार ७४५, लुम्बिनीमा ५१ लाख २४ हजार २२५, कर्णालीमा १६ लाख ९४ हजार ८८९ र सुदूरपश्चिममा २७ लाख ११ हजार २७० जनसंख्या रहेको छ।

यस्तै हिमाली क्षेत्रको जनसंख्या १७ लाख ६८ हजार १०८ (६।९ प्रतिशत), पहाडमा १ करोड १७ लाख ४८ हजार ४४८ (४०।२५ प्रतिशत) र तराईमा १ करोड ५६ लाख ६५ हजार ८२८(५३।६६ प्रतिशत) रहेको छ।

गत कात्तिक २५ गतेबाट यसवर्षको जनगणना सुरु भएको थियो। १५ दिनसम्म चलेको जनगणनामा ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षकहरुले जनसंख्या संकलन कार्य गरेका थिए।

नेपालको जनसंख्या बितेका १० वर्षमा करिब २७ लाख बढेको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार २०६८ सालयता १० वर्षको अवधिमा जनसंख्या २६ लाख ९७ हजार ९७६ बढेको हो। २०६८ मा गरिएको गणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो।

२०७८ सम्म बढेर जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। तथ्यांक अनुसार प्रदेश १ मा ४९ लाख ७२ हजार ०२१, मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८, बागमतीमा ६० लाख ८४ हजार ०४२, गण्डकीमा २४ लाख ७९ हजार ७४५, लुम्बिनीमा ५१ लाख २४ हजार २२५, कर्णालीमा १६ लाख ९४ हजार ८८९ र सुदूरपश्चिममा २७ लाख ११ हजार २७० जनसंख्या रहेको छ।

विभागका अनुसार जनसंख्या वृद्धिदर भने घटेको छ। यसपटक जनसंख्या वृद्धिदर ०।९३ प्रतिशत मात्रै छ। २०६८ सालमा यो दर एक प्रतिशतभन्दा माथि थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्