बयान परिवर्तन गर्न १२ वर्षका बालकलाई छिमेकीले उठाएर लगे, भेटियो श व



काठमाडौ । दुई परिवारबीच चलिरहेको मु द्दा मा वयान परिवर्तनका लागि दवाव दिन छिमेकीले नै १२ वर्षीय बालक उठाएर लगे । बे प त्ता भएको केही दिनमा ति बालकको श व फेला पर्यो । अहिले सो घटनामा प्रहरीले गाउँका ५ जनालाई पक्राउ गरेको छ । यो घटना पर्सामा भएको हो । गत पुष २३ गते भएका घटनामा ५ जना पक्राउ परेका हुन् ।

गत पुस २३ गते पर्साको जगरनाथपुर गाउँपालिका–६ सन्ठीका नागेन्द्रप्रसाद कुर्मीका १२ वर्षीय छोरा मन्टुलाई गाउँकै ब्यक्तिले उठाएर लगेका थिए । पक्राउ पर्नेमा सोही ठाउँका ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधनप्रसाद यादव, ३० वर्षीय मनोमोहनप्रसाद यादव र २५ वर्षीय रोहणप्रसाद यादव छन्।

पक्राउ परेकामाथि अनुसन्धान थालिएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। मन्टुका अभिभावकले दिएको जाहेरीका आधारमा प्रहरीले थालेको अनुसन्धानका क्रममा उनीहरु पक्राउ परेका हुन्। उनीहरुलाई इला का प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले छिपहरमाई गाउँपालिका–६ भीष्वास्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो। अभियुक्तले पारिवारिक रि स इ बीका कारण बालकलाइ लगेको र घटना गराएको अनुसन्धानका क्रममा खुलेको छ।

अभियुक्त र पी डित परिवारबीच चलिरहेको फौजदारी मु द्दामा बयान परिवर्तन गर्न द बा ब दिने उद्देश्यले बालकलाई उठाएर लगेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको खनालले बताए।

स्थानीयवासीका अनुसार दुवै परिवारबीच विचाराधीन अवस्थामा रहेको फौजदारी मु द्दामा मन्टुको परिवारमाथि द बा ब बढाउन उनीहरुले मन्टुलाई अ प र ह ण गरेका थिए । पछि पहिचान खुल्ने डरले उनीहरुले घछना पछि खेतमा श व फा लेका थिए। मन्टुको शव पुस २३ गते गाउँकै उखुबारीमा फेला परेको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्