मुसा मा’र्ने औषधि तरकारीमा हालेर खादा एकै परिवारका ५ जना बिरामी परे !



कञ्चनपुरको कृष्णपुर नगरपालिकामा वि’षा’दी’युक्त खाना खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन्। मंगलबार कृष्णपुर नगरपालिका–६ मौरीफाँटामा वि’षा’दीयुक्त खाना खाँदा ६५ वर्षीया रमादेवी विष्टको परिवारका पाँच जना अस्पताल भर्ना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।

प्रहरीका अनुसार रमादेवी विष्ट सहित उनकी बुहारी र नातिनातिना वि’षा’दीयुक्त खाना खाँदा बिरामी भएका हुन्। ४५ वर्षीया कलावती विष्ट, १७ वर्षीया सरिता विष्ट, १४ वर्षीय समीर विष्ट र ८ वर्षीया समिक्षा विष्ट बिरामी परेको डीएसपी शाहले बताए।

उनका अनुसार समीरले तरकारीमा मसला सम्झेर मु’सा मा’र्ने औषधि हा’लेका थिए। सोही खाना खाँदा बिरामी परेका उनीहरु कैलालीको सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्।

‘समीरकी आमा र’जश्व’ला हुनुभएको रहेछ, त्यसैले समीरले खाना बनाएका थिए,’ डीएसपी शाहले भने, ‘उनले नै तरकारीमा मसला भनेर मु’सा मा’र्ने औ’षधि हा’ले’को खुलेको छ। थप अनुसन्धान हुँदैछ।’

समीरले बनाएको खाना खाएर बिरामी परेका उनीहरुमध्ये समीरको अवस्था मध्यम छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत अन्य चार जनाको अवस्था भने अहिले सामान्य रहेको प्रहरीले जनाएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्