मतदान गर्न जाँदै गरेका लुम्बिनी प्रदेशका एमाले सांसद सवार गाडी दुर्घटनाग्रस्त




काठमाडौं । मतदान गर्न जाँदै गरेका लुम्बिनी प्रदेश सभाका सांसद तुलसीप्रसाद चौधरी दुर्घटनामा परेर घाइते हुनुभएको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदान गर्न सांसद चौधरी दाङको घोराही जाँदै गर्दा दुर्घटनामा पर्नु भएको हो । सांसद चौधरी सवार गाडी ट्रकसँग ठोक्किएको जानकारी दिइएको छ ।

सांसद चौधरी सवार बा २ झ ३४४४ नम्बरको स्कारपियो गाडी कालाकाटे नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा सांसद चौधरीको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (ख) मा नेकपा एमालेबाट निर्वाचित हुनुहुन्छ । राष्ट्रियसभा निर्वाचनको मतदान सुरु भएको छ ।

राष्ट्रियसभामा रिक्त २० मध्ये १९ सदस्य पदका लागि मतदान सुरु भएको हो । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बुधबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्