होटलमा खाना खान गएकी ऐश्वर्याले जब वेटरको दुख देख्न सकिनन्, आफै वेटरको काम गर्न थालिन्



एजेन्सी । एक कार्यक्रममा जब अभिषेक बच्चनलाई होस्टले ऐश्वर्या रायले घरमा खाना पकाउँछिन् ? भनेर सोधेका थिए । यसको जवाफ दिनुअघि अमिताभ बच्चनका छोरा संगीत निर्देशक विशाल डडलानीले ऐश्वर्याले एकपटक होटलमा वेटरलाई समेत सहयोग गरेको र ३० जनालाई खाना खुवाएको घटना बताए ।

अभिषेक बच्चन र चित्रांगदा सिंह आफ्नो फिल्म ‘बब विश्वास’ को प्रमोशनका लागि सिंगिङ रियालिटी शो ‘सा रे ग मा पा’ मा उपस्थित भएका थिए । यहाँ, जब होस्ट आदित्य नारायणले अभिषेकलाई ऐश्वर्या रायको बारेमा प्रश्न सोधे, विशालले एउटा फिल्म छायाँकनका क्रममा भएको कथा सुनाए।

विशाल ददलानीले भने कि एक पटक उनी अमिताभ बच्चन र ऐश्वर्या राईसँग म्युजिकल टुरमा गएका थिए । विशालले भनेका थिए कि एक दिन सम्पूर्ण टीमले अमिताभ बच्चनसँग डिनर गर्ने इच्छा व्यक्त गरे। जब हामी सबै मिस्टर बच्चनसँग डिनर गर्न बस्यौं, अर्को टोली पनि त्यहाँ डिनर गर्न आयो।

विशालले करिब ३० जना रहेको र वेटरले ती सबैलाई एक्लै व्यवस्थापन गर्न नसक्ने अवस्था थियो । वेटर निकै मेहनत गरिरहेका थिए । त्यो देखेर ऐश्वर्यालाई माया लाग्यो । उनले ऐशले सबैलाई खाना खुवाउने जिम्मेवारी लिएको बताए ।

विशालले ऐशले यस्तो गर्नु आवश्यक नरहेको बताए । न कसैलाई कुनै औपचारिकता गर्न आवश्यक थियो, न त उनले प्रचारका लागि यो काम गरिरहेकी थिइन् । किनकी यो सबै दृष्य खिच्ने त्यहाँ क्यामेरा पनि थिएनन् । तर ऐश्वर्याले माया पाउनको लागि यस्तो गरिन् । विशालले ऐश्वर्यालाई वर्षौंदेखि चिन्छन् त्यसैले विशालले भने ऐश्वर्या यस्तै छिन्।

ऐश्वर्याले करिब ३० जनालाई खाना खुवाइन् । ऐश्वर्या त्यतिबेला खाना खान बसेकी थिइन् त्यती बेला नै उनले वेटरको दुख देखिन् । त्यसपछि उनले सबै ३० जनालाई खाना आफै पस्किन् । सबैलाई खुवाइन् अनि मात्र आफुले खाइन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्