नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काविरुद्ध अख्तियारको मुद्दा



काठमाडौं : नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा हाल महिला विभाग प्रमुख हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपालका सर्वाधिक गोलकर्ता समेत रहेका खड्कामाथि नक्कली शैशिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप छ । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा आज नै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको उल्लेख छ ।

हरि खड्का (जन्म २६ नोभेम्बर १९७६) पुर्व नेपाली फुटबलर हुन् । उनी १३ गोलका साथ निराजन रायमाझी सहित नेपाल राष्ट्रिय फुटबल टिमका उच्च गोलकर्ता हुन् । ११ वर्षे गौरवशाली राष्ट्रिय फुटबल जीवनमा पुर्णविराम लगाएका खड्का हाल भने विभिन्न राष्ट्रिय लिगका क्लबहरूमा प्रशिक्षण दिने काम गर्छन् ।

फिफा ‘ए’ तह तालिम कार्यक्रममा पनि उनले भाग लिएका छन् । भारत तथा बङ्गलादेशका विभिन्न क्लबमा आफ्नो क्षमता प्रस्तुत गरेका हरिले एक सिजन बङ्गलादेशको मोहम्मडन क्लबमा मासिक दुई हजार अमेरीकी डलर सम्म पारीश्रमिक पाएका थिए । ती क्लबहरूमा गरेको प्रदर्शनकै कारण अहिले सम्म पनि दक्षिण एसियाका मुलुकमा नेपाली टोली गए उनको खोजि हुने गर्छ ।

फुटबलबाट हरि यति प्रभावित छन् कि उनले आफ्नो छोराको नामनै फ्रेन्च खेलाडी थियरी हेनरी को नामबाट ‘हेनरी’ राखेका छन् । आफु फुटबल खेलाडी भएकाले छोरालाई पनि बनाउने इच्छा राखेका उनले उसको व्यक्तिगत स्वतन्त्रतामा भने हस्तक्षेप नगर्ने बताउँछन् । उनको ब्यक्तिगत योजना भने सडक बालबालिका का लागि फुटबल एकेडेमी खोल्ने छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्