एमालेलाई भोट हाल्ने गठबन्धनका ७ जना को हुन ?


banner

पोखरा । राष्ट्रिय सभा निर्वाचनमा सातै प्रदेशमा एमालेलाई धक्का लागेको छ । ८ सिट रहेको एमाले १ सिटमा झरेको छ । राष्ट्रिय सभाका रिक्त १९ सिटमा बुधवार निर्वाचन भएको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनर्मोचा (राजमो) गरी पाँच दलीय सत्ता गठबन्धनसँग नेकपा एमालेले प्रतिस्पर्धा गरेको हो ।

गण्डकी प्रदेशमा राजमोका प्रतिनिधिले एमालेलाई भोट दिएको खुलेको छ । राजमोको पार्टी ह्वीप विपरित नगरपालिकाकी उपमेयर निर्वाचनमा सहभागी भएकी थिइन् । बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल मतदानमा सहभागी भएकी हुन् । एमालेले यसअघि आफू निर्वाचित भएको ७ वटा सिटसमेत जोगाउन सकेन । बरु एमाले ८ सिटबाट १ सिटमा झरेको छ । गण्डकीमा गठबन्धनकै सांसदले नै एमाले उमेदवारलाई मतदान गरेको खुलेको छ । गण्डकीमा गठबन्धनका सांसद ३१ जना थिए । तर, महिलातर्फको गणना हुँदा दुवै उम्मेदवारले २९, २९ जनाको १३९२ मतभार पाएका छन् ।

कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीका २, २ गरी कुल ३१ सांसद गठबन्धनमा थिए । एमाले एक्लैसँग २७ सांसद थिए । तर, एमाले उम्मेदवार लिला थनेत र काङ्ग्रेसकी कमला पन्तले २९, २९ मत पाएका हुन् । स्थानीय तहमा पनि गठबन्धनसँग ९९ जनप्रतिनिधि थिए । तर, ५ जना जनप्रतिनिधिले एमाले उम्मेदवारलाई मत दिएको खुलेको छ । स्थानीय तहमा भने कमला पन्तले ९४ जनप्रतिनिधिको मत पाएकी छन् । यो मतभार १६९२ हुन आउँछ । कुल ३०८४ मत उनी विजयी भएकी छन् ।

६९ जनप्रतिनिधि रहेको एमाले उमेदवार थनेतले भने ७४ जनप्रतिनिधिको १३३२ मतभारसहित कुल २७२४ मतभार पाएकी छन् । महिला क्लस्टरमा १ सांसदले भने मतपत्र खोलेर छाडेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्