गठबन्धनको योजना असफल पारेर एमालेलाई जोगाउने यि हुन् एक्ला नेता



काठमाडौ । बुधवार भएको राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई जोगाउने एक मात्र उम्मेदवार बने सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पा । बुधवार राष्ट्रियसभाका १९ सिटका लागि निर्वाचन भएको थियो । निर्वाचनमा सत्ता गठबन्धन योजनालाई असफल पार्ने यि नेता निर्वाचन जित्ने एमालेका एक्ला उम्मेदवार हुन् । राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई ‘क्लीन स्वीप’ गर्ने सत्ता गठबन्धनको योजना थियो । गठबन्धनको योजना शेर्पाका कारण असफल भयो ।

नेकपा एमालेका उम्मेवार शेर्पा ४,७७० मतसहित अल्पसंख्यकतर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उम्मेवारी दर्ता गर्दासम्म धेरैले उनको जितको कल्पना गरेका थिएनन् । उनलाई सबैले जित्ने सम्भावना नभएर किने उम्मेदवार बनेको भनेर पनि भनेका थिए । तर उनलाई नतिजा आफ्नो पक्षमै आउँछ भन्ने लागेको बताउँछन् ।

उनले किन उम्मेदवार बनेको भनेर प्रश्न गरेकाहरुलाई ‘राजनीति प्रतिस्पर्धा हो, एक भोट आए पनि उठ्छु भनेका थिए । मतदाताले गठबन्धन नभई अनुभव, लगनशीलता र इमान्दारितालाई हेर्नु नै आफ्नो जीतको आधार भएको मुल्याकंन उनले गरेका छन् । आफ्नो विजयले पार्टीका विभिन्न भूमिका रहेर पुर्‍याएको योगदानको कदर भएको ठानेका छन् ।

सोलुखुम्बु नाम्चेका ५३ वर्षीय सोनाम ग्याल्जेन शेर्पा खुम्बुक्षेत्रको लागि परिचित नाम हो । २०३५ सालमै खुम्जुङ माविमा अनेरास्ववियुमा आबद्ध भई राजनीतिमा लागेका थिए । शेर्पाको सक्रिय राजनीतिक जीवन तीन दशकभन्दा लामो छ । विद्यार्थी राजनीतिबाट नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुँदै प्रदेश कमिटी सदस्यसम्म रहेका सोनाम २०५४ सालको स्थानीय निर्वाचनमा नाम्चे गाविसबाट निर्वाचित अध्यक्ष हुन् ।

सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका लगातार चार कार्यकाल अध्यक्ष भएका सोनाम खुम्बु बिजुली कम्पनीका अध्यक्ष हुन् । सगरमाथा क्षेत्रमा सफाई अभियान, खुम्बुमा सिसाको बो त ल बन्द अभियानजस्ता दर्जनौं सामाजिक काममा सक्रिय सोनाम भूगोल र जनसंख्याकै कारण राजनीतिमा अघि बढ्न सकेका थिएनन् ।

२०५७ सालमा उनी नाम्चे गाविसको अध्यक्ष भए । पछि पार्टीको जिल्ला कमिटी सदस्य हुँदै पर्यटन विभागको केन्द्रीय सदस्य पनि भए । उनको नाम्चे बजारमा होटल व्यवसाय पनि छ । गाविस अध्यक्षको रुपमा कार्यकाल पूरा गरेपछि उनी सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा चार कार्यकाल अध्यक्ष भए । उनलाई एमाले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक सांसदको उम्मेवारको सूचीमा पनि राखेको थियो । तर उनी सिफारिसमा परेनन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्