ब्यवसायको काम सकेर एउटै मोटरसाइकलमा घर फर्किएका सहोदर दाजुभाईको बाटोमै निधन




काठमाडौ । आफ्नो ब्यवसायको काम सकेर एउटै मोटरसाइकलमा फर्कदै गरेका दाजुभाईको बाटोमै निधन भएको छ । उनीहरु सवार मोटरसाइकल दुर्घटनामा परेको हो । कलैया वीरगन्ज सडक खण्डको सिसहनीयास्थित विजय आयलस्टोर छेउमा जिपले मोटरसाइकललाई ठ क्क र दिँदा दुई दाजुभाइएको निधन भएको हो । घटना बुधबार राति भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया(५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको दुर्घटनामा निधन भएको हो । दुर्घटनामा घाइते भएका उनीहरुको उपचारका क्रममा निधन भएको हो । दुर्घटना पछि दुवै जनालाई उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो ।

त्यहाँबाट थप उपचारको लागि वीरगन्ज मेडिकल अस्पताल लगिएको थियो । उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु सहोदर दाजुभाई भएको प्रहरीले जनाएको छ । दुवै जना सिसहनीयास्थित आफ्नो राइसमिलबाट कलैयामा रहेको घरतिर फर्किँदै थिए ।

सिसहनीयाबाट कलैया तर्फ आउँदै गरेको दाजुभाई चढेको ना८प ८८६३ नम्बरको मोटरसाइकललाई कलैयाबाट सिसहनीया तर्फ जाँदै गरेको भारतीय बीआर ०५ एआर ५१५१ नम्बरको जिपले ठ क्क र दिएको थियो । जिप चालक फ रा र छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि, संघीय राजधानी काठमाडौं जोड्ने प्रमुख मार्ग मुग्लिङ–नागढुंगा सडकमा मालवाहक सवारीसाधनका लागि फरक लेनको व्यवस्था गरिने भएको छ । विस्तारको क्रममा रहेको यो सडकअन्तर्गत उकालो क्षेत्रमा गुड्न मालवाहक सवारीलाई सहजता र ट्राफिक व्यवस्थापनका लागि ‘क्लाइम्बिङ लेन’ बनाउन लागिएको हो ।

यो लेन बनेपछि मालवाहक सवारीलाई अन्य सवारीले पछ्याइरहनुपर्ने र कुनै सवारी बिग्रिएर घण्टौं जाममा बस्नुपर्ने अवस्था रहने छैन । ‘यो सडक विस्तार गर्नुको प्रमुख उद्देश्य मालवाहक सवारीसाधनको आवागमनमा सहजता ल्याउनु हो । त्यसैले क्लाइम्बिङ लेन राख्न थालेका हौं,’ नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजनाका प्रमुख इन्जिनियर किरण कार्कीले भने ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्