अनुष्काले प्रियंकालाई भनिन्, ‘अब अनिदो रातहरुका लागि तयार रहनु’


banner

काठमाडौ । बलिउड अभिनेत्रीहरु धमाधम आमा बन्दै छन् । करिना दुई सन्तानकी आमा बनिन् । एक वर्ष अघि अभिनेत्री अनुष्काले पनि सन्तानलाई जन्म दिइन् । उनले छोरीलाई जन्म दिएकी हुन् । बलिउडमा अन्य केही कलाकारहरु पनि अभिभावक बन्ने तयारीमा छन् । हालै प्रिति जिन्टा पनि आमा बनेकी थिइन् । यता बलिउडकी अर्की अभिनेत्री प्रियंका चोपडाले पनि आफु आमा बनेको खबर सार्वजनिक गरिन् ।

उनलाई सबैले बधाई दिएका छन् । सेरोगेसी मार्फत प्रियंका चोपडा र निक जोनस अभिभावक बनेका हुन् । उनीहरुले अभिभावक बन्न सेरोगेसी अपनाउँदा कतिपयले प्रश्न पनि उठाएका थिए । तर बलिउड कलाकारहरुले भने उनीहरुलाई बधाई दिएका छन् । प्रियंकालाई आमा बनेकोमा अर्की अभिनेत्री अनुष्काले पनि हालै बधाई दिएकी छिन्।

केही समयअघि आमा बनेकी अनुष्काले प्रियंका र नीकलाई बधाई दिदै अनिदो रातका लागि तयार रहन सुझाव समेत दिएकी छिन्। अनुष्काले सामाजिक सञ्जाल इन्स्ट्राग्राम मार्फत प्रियंका र नीकको जोडीलाई बधाई दिएकी हुन्।

उनले लेखेकी छिन् ‘बधाई प्रियंका चोपडा र निक जोनस। अनिँदो रातहरु अनि अतुलनीय खुशी र मायाका लागि तयार रहनुहोस्। सानीलाई धेरै माया।’
अनुष्का शर्मा र विराट कोहलीकी छोरी एक वर्षकी भएकी छिन्। आफ्नी छोरीसँग बिताएको एक वर्षको आधारमा प्रियंकालाई अनुष्काले सुझाव दिएकी हुन्।

प्रियंका र नीकले सेरोगेसी मार्फत पहिलो सन्तानलाई जन्म दिएका छन्। केही दिनअघि पहिलो सन्तानका रुपमा छोरीलाई जन्मदिएको यो जोडी दुई सन्तान जन्माउने योजनामा रहेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई etajakh[email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्