‘मेरो ब्रा को साइज भगवानले लिइरहेका छन्’, श्वेता तिवारीको यो भनाइलाई लिएर हंगामा, गृहमन्त्रीले भने– कारबाही हुन्छ



एजेन्सी । टिभि अभिनेत्री श्वेता तिवारीले भगवानको बारेमा विवादास्पद बयान दिएको भन्दै भारतमा हंगामा भएको छ । अहिले श्वेता तिवारी भोपालमा छिन् । उनी फेसनसँग सम्बन्धित वेब सिरिजको घोषणाका लागि स्टारकास्ट र निर्माण टोलीसँगै भोपाल पुगेकी थिइन् । यस सिरिजको प्रमोशनका क्रममा श्वेताले यस्तो कुरा भनेकी थिइन्, जुन सुनेर खैलाबैला मच्चिएको छ ।

श्वेताले दिए विवादास्पद बयान
प्रमोशनका क्रममा स्टेजमा भएको छलफल कार्यक्रममा ठट्टा गर्दै श्वेता तिवारीले विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । विवादास्पद बयानमा श्वेता तिवारीले भनिन्( ुभगवानले मेरो ब्राको साइज लिइरहनुभएको छु। श्वेताको यो कुरापछि हंगामा सुरु भएको छ । श्वेताको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

गृहमन्त्रीले मागे प्रतिवेदन
मनिष हरिशङ्करले निर्देशन गरेको यस सिरिजका सबै स्टारहरू प्रमोशनका लागि भोपालमा सँगै गए, जहाँ श्वेता तिवारीले ठट्टा गर्दै विवादास्पद बयान दिएकी थिइन् । भिडियो भाइरल भएपछि कतिपयले श्वेताले यस्तो अभिव्यक्ति दिएर आफ्नो भावनामा चो ट पुर्याएको बताएका छन् । भोपालमा विवादास्पद बयान दिएपछि श्वेता तिवारीको समस्या बढ्न सक्छ ।

मध्य प्रदेशका गृहमन्त्री डा नरोत्तम मिश्रले श्वेता तिवारीको सो भनाईलाई विवादास्पद वक्तव्यको संज्ञा दिएका छन् । पत्रकारसँग कुरा गर्दै नरोत्तम मिश्रले भने, ‘मैले श्वेता तिवारीको भनाइ सुनेको, देखेको छु । बयानको म भर्त्सना गर्दछु । मैले भोपालका प्रहरी आयुक्तलाई छिट्टै छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको छु । त्यसपछि कारबाही हुन्छ ।

श्वेता यो सिरिजमा देखिनेछिन्
श्वेता तिवारीको नयाँ वेब सिरिजको कुरा गर्दा भोपालमा छायांकन हुने भएको छ । यो वेब सिरिजलाई मनिष हरिशङ्करले निर्देशन गर्दैछन् । शृङ्खलाको नाम ‘शो स्टपर्स’ राखिएको छ । यस सिरिजमा रोहित राई, कंवलजीत, सौरभ राज जैन र श्वेता तिवारी देखिदैछन् ।

ब्यक्तिगत जीवनका बारेमा चर्चा हुने गरेको छ
तर, श्वेता तिवारी विवादमा परेको यो पहिलो पटक भने होइन । यसअघि उनी आफ्नो व्यक्तिगत जीवनलाई लिएर विवादमा आएकी थिइन् । श्वेताका पहिलो श्रीमान् राजा चौधरीले निकै हंगामा मच्चाएका थिए, त्यसपछि पनि विवाद विवादमा नै रह्यो । यसपछि उनका दोस्रो पति अभिनव कोहलीले श्वेता तिवारीमाथि छोराबाट अलग गराएको आरोप लगाए । अभिनव र श्वेताबीचको झ ग डा अझै सकिएको छैन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्