चीनले भारतलाई बुझायो अरुणाचलका अ’पहरित युवक



काठमाडौं :

चीनले भारतलाई अरुणाचलका अ’पहरि’त युवक हस्तान्तरण गरेको छ । भारतीय केन्द्रीय मन्त्री किरेन रिजिजूले चिनियाँ सेनाले अरुणाचल प्रदेशका मिराम तारोनलाई भारतीय सेनालाई बुझाएको जानकारी दिएका हुन् ।

मन्त्री रिजिजूले मिराम तारोनको मेडिकल परीक्षणसहित अन्य प्रक्रिया पालना गरिएको बताए । अरुणाचल प्रदेशका १७ वर्षीय अपर सियांग जिल्लाको जिदो गाउँमा बस्ने गर्छन् । उनी गत १७ जनवरीदेखि बे’पत्ता थिए ।

उनलाई चिनियाँ सेनाले अ’पहर’ण गरेको समाचार भारतीय मिडियामा आएका थिए । अपर बे’पत्ता भएको समाचार सार्वजनिक भएपछि कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका थिए ।

चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा राष्ट्रपति सीको शाङ्सीको भ्रमण

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले बुधबार वसन्त चाड वा चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा उत्तरी चीनको शान्सी प्रान्तको भ्रमण शुरु गर्नुभएको छ।

लगातार १० वर्षसम्म पार्टीको शीर्ष नेताको रूपमा सीले चिनियाँ पात्रोको सबैभन्दा महत्त्वपूर्ण बिदा र वसन्त चाडको पूर्वसन्ध्यामा प्राथमिक तहका मानिसहरू, विशेष गरी पिछडिएका समूहहरूलाई भेट्ने अभ्यास शुरु गर्नुभएको छ।

चीन-लिथुआनिया मुद्दा राजनीतिक होइन ,आर्थिक- चीन

युरोपेली संघले बेइजिङले ताइवानमा आफ्नो राजनीतिक अडानका कारण लिथुआनियालाई आर्थिक रूपमा दण्डित गरेको आरोप लगाएको छ। उक्त आरोपलाई विहीबार बेइजिङले खण्डन गरेको छ ।
“लिथुआनिया विरुद्ध तथाकथित चिनियाँ ज’बरज’स्ती आ’धारही’न र असंगत छ,” विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, “चीन र लिथुआनियाबीचको मुद्दा राजनीतिक होइन आर्थिक हो।”

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्