काठमाडौँ उपत्यकामा आज संक्रमणको यस्तो संकेत, जोर बिजोर प्रणाली हटाउने तयारी



काठमाडौँ :
पछिल्लो २४ घण्टामा थप आठ हजार १७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्हमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २१ हजार ८०८ वटा नमुना परीक्षण गर्दा आठ हजार १७ जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार १५ हजार ७३६ जनामा पीसीआर परीक्षण गर्दा पाँच हजार ८१६ जनामा र छ हजार ७२ जनामा एन्टिजेन परीक्षण गर्दा दुई हजार २०१ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको ९० हजार ५७६ रहेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार २९२ जना डिस्चार्ज भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ हजार १ सय ४३ जना संक्रमित थपिएका छन्। काठमाडौंमा २४०२, भक्तपुरमा २२० र ललितपुरमा ५२१ संक्रमित थपिएका छन्।

यस्तै काठमाडौं उपत्यकामा ५४ हजार ८६३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३८८५९, ललितपुरमा १०३९० र भक्तपुरमा ५६१४ सक्रिय संक्रमित छन्।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जोर विजोर प्रणाली लागू गरे पनि यसले झन् जोखिम निम्त्याएको छ। सवारीसाधनमा भी’डभा’ड बढेपछि जोर विजोर प्रणालीको धेरैले विरोध गरिरहेका छन्।

सडकमा सवारी साधनको चाप घटेपनि सवारीभित्र यात्रुको चाप अ’त्यधिक छ। सरकारी तथा निजी कार्यालयहरु खुला हुँदा जोर विजोर प्रणालीले सवारीसाधनमा झन् भी’डभा’ड बढाएको यात्रुहरुले बताएका छन्।

काठमाडौं उपत्यकाभित्र सवारी साधनमा लागू भएको जोर विजोर प्रणालीबारे समीक्षा गर्न भोलि (शुक्रबार) उपत्यकाका तीन वटै सिडिओहरुको बैठक बस्दैछ। सवारी साधन चलाउन लगाइएको जोर-बिजोर प्रणालीको सर्वत्र आलोचना भएपछि भोलि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूले यसबारे थप निर्णय लिन छलफल गर्ने भएका छन्।

भाइरसको संक्रमणलाई नियन्त्रण गर्ने भनेर माघ ८ गतेदेखि सवारी साधनमा जोर-बिजोर लागू गरिए पनि त्यसले झन् भी’डभा’ड बढाएको भन्दै गुनासा आउन थालेपछि सिडिओहरू छलफल गर्न लागेका हुन्।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जोर-बिजोर प्रणालीबारे सिसिएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव लिएर भोलिसम्ममा निर्णय लिइने जानकारी दिए। सरकारले संक्रमण र अस्पतालमा बिरामीको चापलाई कम गर्न जोर-बिजोर प्रणाली लागू गरे पनि यो प्रभावकारी भएको देखिँदैन। उपत्यकाका ठूला अस्पतालकै चिकित्सकहरू जोर-बिजोर प्रणालीले संक्रमण नरोक्ने बरू भी’डभा’ड बढाउने बताउँछन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्