प्रहरी जवानको अस्पतालमा दुखद मृत्यु



उदयपुरमा नेपाल प्रहरीका एक जवानको उपचारको क्रममा अस्पतालमा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर दरबन्दी भई इलाका प्रहरी कार्यालय कटारीमा कार्यरत प्रहरी जवान पदम माझीको उपचार हुँदै गर्दा ज्यान गएको हो ।

नियमित ड्युटीमा रहेका प्रहरी जवान माझी अचानक बिरामी भएपछि कटारी बजारस्थित कटारी अस्पताल भर्ना गरिएको थियो । सोही अस्पतालमा उपचार हुँदै गर्दा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताउनुभयो ।

डीएसपी गौतमकाअनुसार माझी मंगलबार बिहानै देखि बिरामी भएपछि अस्पताल लगिएको थियो । माझीको ३५ वर्षको कलिलै उमेरमा निधन भएको हो । के बिरामीको कारण जवान माझीको मृ त्यु भएको हो भन्नेबारे जिप्रका उदयपुरले केही खुलाएको छैन । उनको शव प्रक्रिया पु-याएपछि परिवारलाई जिम्मा लगाइने बताइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्