छोरी ज्वाईले डिभोर्सको घोषणा गरेपछि चिन्तामा डुवेका छन् रजनीकान्त, फेरी मिलन गराउन यस्तो सम्म गर्दैछन्




एजेन्सी । डिभोर्सको घोषणा गरिसकेका साउथका चर्चित जोडी रहेका धनुष र ऐश्वर्यालाई फेरी मिलाउन ऐश्वर्याका बुवा रजनीकान्त लागेका छन् । चर्चित अभिनेता रजनीकान्तकी छोरी ऐश्वर्या र उनका पति धनुषले १७ जनवरीमा डिभोर्सको सार्वजनिक घोषणा गरेका थिए । उनीहरुको यस्तो घोषणावाट रजनीकान्त रिसाएका छन् । उता धनुषको परिवार पनि उनीहरुको यस्तो निर्णयवाट सन्तुष्ट छैनन् ।

विवाहको १८ वर्षपछि डिभोर्सको घोषणा सुन्दा उनीहरुका फ्यान मात्र होइन परिवार समेत चिन्तामा छन् । एक महिना अघि सम्म आफ्ना पति धनुषको निकै प्रशंसा गरेर स्टाटस लेखेकी ऐश्वार्यलार्य एक महिनामै त्यस्तो के भयो ? उनले डिभोर्सको निर्णय गरिन् । उनीहरुको विवादका बारेमा पनि कहिल्यै कुरा सार्वजनिक भएको थिएन । अचानक डिभोर्सको खबरले सबै छक्क परेका छन् ।

रजनीकान्त स्तब्ध भएका छन् । धेरैले रजनीकान्तलाई यस्तो पी डा नदिन ऐश्वर्यालाई आग्रह गरेका छन् । भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार रजनीकान्त छोरी ऐश्वर्याको यो निर्णयले निकै रिसाएका थिए र अब उनी दुईबीच सहमति बनाउन चाहन्छन् ।

ऐश्वर्यालाई सम्झाइरहेका छन् रजनीकान्तः
भारतीय मिडिया भास्करले स्रोतलाई हवाला दिँदै रजनीकान्तमाथि छोरीको डिभोर्सको नकारात्मक असर परेको बताएको छ । स्रोतका अनुसार उनी लगातार ऐश्वर्यालाई स म्ब न्ध तोड्नु त केही दिनको मात्रै त कुरा हो नि भनेर सम्झाइरहेका छन् । रजनीकान्त छोरी र ज्वाईं मिलेर बसेको हेर्न चाहन्छन् ।

रजनीकान्तसँग भेट्न चाहँदैनन् धनुष ?
खबरका अनुसार रजनीकान्त यो डिभोर्सलाई रोक्नका लागि धनुषलाई भेट्न चाहन्थे तर धनुष रजनीकान्तसँग भेट्नुपर्ला भनेर घरनै आएका छैनन् । धनुष रजनीकान्तको इज्जत गर्छन् र उनको कुरा टार्न सक्दैनन् त्यसैले उनी यो कुराबाट पन्छिरहेका छन् ।

धनुषका पिता पनि डिभोर्सको विरोधमा छन्ः
डिभोर्सको खबर सार्वजनिक भएपछि धनुषका पिता कस्तुरी राजाले एक अन्तरवार्ताका बेला यो डिभोर्सलाई पारिवारिक झ ग डा मात्रै बताएका छन् । उनले भने, ‘यो परिवार बीचको झ ग डा हो जुन एक विवाहित जोडीबीच भइरहन्छ ।’

धनुष र ऐश्वर्या दुबैको परिवारले यी दुईले डिभोर्सको खबरमा पुनः विचार गरुन् भन्ने चाहन्छन् । डिभोर्सपछि पनि यो जोडी हैदराबादको एउटा होटलमा सँगै बसेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्