पोर्चुगलमा एक नेपाली युवाले गरे देहत्याग



लण्डन : विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले देहत्याग गरेका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रु खमा झु ण्डि’एर देहत्याग गरेका हुन्।

उनलाई बस्ने घरभन्दा केही परको स्थानमा गएर रु खमा डो री ल’गा’एर झु न्डि एको अवस्थामा प्रहरीले भेटेको थियो । कञ्चनपुरकाे भीमदत्त नगरपालिका घर भएका भट्ट पोर्चुगलको आल्बुफेइरामा बस्दै आएका थिए । उनी सोही क्षेत्रमा एउटा कृषि फार्ममा काम गर्थे ।

उनको शवलाई प्रहरीले पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको थापाले जानकारी दिए । उनका एक छोरा र श्रीमती छन् ।

यो पनि : प्र्याङ्क भिडियो खिच्नेलाई अब कारबाही हुने

गृह मन्त्रालयले सार्वजनिक स्थानमा प्र्याङ्क भिडियो खिच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिविना प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । गृहले अनुमतिविना तस्बिर पनि नलिन भनेको छ ।

मन्त्रालयले सार्वजनिक स्थलमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा मानसिक तनाव उत्पन्न हुन सक्ने जनाएको छ ।

‘सार्वजनिक स्थलमा कुनै व्‍यक्तिको अनुमतिविना कुनै प्रकारको तस्बिर लिन सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्‍यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्‍यक्तिको अनुमति/सहमति विना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने व्‍यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध,’ विज्ञप्तिमा भनिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्