सन्दिप न्यौपाने र शान्तिश्री परियारको स्वर लोक गीत ‘दिलमाया’ चर्चाको शिखरमा (भिडियो सहित )



काठमाडौं, पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय गीतकार, संगीतकार तथा गायक शिव हमालको नयाँ प्रतिक्षित लोक गीत ‘दिलमाया’ सार्वजनिक गरिएको छ । नेपाली लोकगीतको क्षेत्रमा दर्जनौं लोकप्रिय गीत दिइसकेका शिवको दिलमाया गीतमा सन्दिप न्यौपाने र शान्तिश्री परियारको स्वर रहेको छ । गीतमा शिवको लय, शब्द तथा संगीत छ । म्युजीक एरेन्ज भने सुदिप सागरको रहेको छ ।

शिवले गीत सार्वजनिक भएसँगै दर्शकबाट मनमा लागेको प्रतिक्रियाको अपेक्षा गरेको बताए । उनले राम्रो, नराम्रो जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया पाए आफू खुसी हुने बताए । साथै उनले अन्य गीत जस्तै यस गीतलाई पनि दर्शकले माया गर्नेमा विश्वास ब्यक्त गरे ।

प्रकाश भट्टले निर्देशन गरेको गीतको भिडियोमा गायक सन्दिप न्यौपानेसँगै अन्जली अधिकारीको अभिनय रहेको छ । नवराज उप्रेतीले खिचेको भिडियो बिष्णु शर्माले सम्पादन गरेका छन् ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्