उपत्यकामा जारी स्मार्ट लकडाउन आदेश गर्न प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक आज बस्ने



काठमाडौं । काठमाडौं उपत्यकामा जारी स्मार्ट लकडाउनको समीक्षा गर्न उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक शुक्रकार(आज) बस्ने भएको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी आदेशबारे समीक्षा गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बस्न लागिएको काठमाडौं जिल्लाका प्रजिअ गोविन्दप्रसाद रिजालले बताउनुभयो ।

बैठक अपरान्ह बस्ने उहाँले बताउनुभयो । यसअघि माघ ६ गते बसेको तीनवटै प्रजिअको बैठकले लागू गरेको आदेशहरुको समीक्षा हुने उहाँले बताउनुभयो ।

‘बैठकमा यसअघि जारी गरेको आदेशको प्रभाव कस्तो रह्यो । अब कुन आदेशलाई निरन्तरता दिने कुन खोल्ने भन्ने विषयमा छलफल गर्छौं,’ उहाँले भन्नुभयो ।

हाल जारी सार्वजनिक यातायातमा जाेरविजाेर प्रणाली प्रभावकारी नभएकाे र यसले सवारी साधनमा झन भीडभाड बढेकाे र यसले जाेखिम समेत बढेकाे यातायात व्यबसायीकाे गुनासाे छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्