विदेशमा बस्ने पुरुषलाई महिलाले पठाइन् आफ्ना न ग्न तस्बिर, त्यसपछि जे भयो …


banner

काठमाडौ । वैदेशिक रोजगारीमा रहेका एक पुरुष नेपालमा रहेकी एक जना महिलासंग सामाजिक सञ्जाल फेसवुक म्यासेन्जरमा कुराकानी गर्थे । ति पुरुषले महिलालाई फेसवुकमा फ्रेण्ड रिक्वेस्ट पठाए । महिलाले एक्सेप्ट गरेपछि उनीहरुबीच कुराकानी हुन थाल्यो । सुरुमा सामान्य कुराकानी हुन्थ्यो तर विस्तारै ति पुरुषले महिलासंग अंतरंग कुराकानी गर्न थाले ।

पछि उनले फेसबुकमार्फत् महिलाको न ग्न तस्बिर मागे । महिलाले पनि त्यसले पर्न सक्ने असर अनुमान नगरी पुरुषलाई उनले भनेजस्तै तस्बिर पठाइदिइन् । तर ति पुरुषले महिलालाई ‘ब्ला क मेल’ गर्न थाले । महिलाका श्रीमानलाई र परिवारका अन्य सदस्यलाई ति तस्बिर पठाइदिन्छु भन्दै ध म्की दिने ति युवकलाई प्रहरीले पक्राउ गरेको छ। वैदेशिक रोजगारीबाट फर्किने क्रममा कास्की रुपा गाउँपालिकाका ३१ वर्षीय मुक्ति खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार खनालले फेसबुकमा महिलालाई फ्रेन्ड रिक्वेस्ट पठाइ कुराकानी भएको र त्यसपश्चात ललाइफकाइ न ग्न तस्बिर र भिडियो मागेको र त्यसपछि पी डितको श्रीमान र आफन्तजनमा सार्वजनिक गरिदिने ध म्की दिएको भन्दै पीडितको उजुरीमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। खनाललाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही हुने प्रहरीले जनाएको छ। फाइल तस्बिर

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्