यि सरकारी कार्यालयका कर्मचारीले अब अफिस समयमा व्यक्तिगत मोबाइल प्रयोग गर्न नपाउने




काठमाडौ । पर्यटक भिषामा मलेसिया लगायतका खाडी मुलुक पठाएर नेपालीलाई अलपत्र पार्ने गिरोहसंग मिलेको सूचना पाएपछि अध्यागमन विभागका ९ जना अधिकृतलाई गृहमन्त्रालयले छानविनको प्रकृया सुरु गरेको छ । यो संगै अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलले कार्यालय समयमा व्यक्तिगत मोबाइल प्रयोगमा रोक लगाएको छ। अध्यागमन कार्यालयमा सामाजिक सुधार गर्न यस्तो निर्णय भएको प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले जानकारी दिए।

उनका अनुसार कार्यालय समयमा डीओ र एओ कक्षमा ल्यान्डलाइन र अफिसियल मोबाइल हुने भएकाले सोही मात्र प्रयोग गर्न पाउने छन् । सरकारी संचार साधन मात्र प्रयोग गर्न पाउने नियम लागू भएको हो । अध्यागमन अधिकृत शाहीले अब सरकारी संचार साधन मात्र मात्र प्रयोग गरी अध्यागमनको काम गर्न निर्देशन दिइएको जनाएका छन् ।

त्यस्तै कार्यालय आउने वितिकै आफ्नो मोबाइल लकरमा राख्नुपर्ने र कार्यालय प्रायोजनको लागि मोबाइल र सीमको आवश्यकता परे सोको व्यवस्था गर्ने निर्णय भएको शाहीले बताए। अत्यावश्यक काम परेमा वरिष्ठ अध्यागमन अधिकृतको जानकारीमा ल्याई स्वीकृति भएपछि मात्र गर्ने बताइएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्